22.1 C
Kathmandu
Thursday, September 23, 2021

यूरो कप : अन्तिम ८ मा इंग्ल्याण्ड र यूक्रेन भिड्ने

0

यूरोकपको अन्तिम ८ मा इंग्ल्याण्ड र यूक्रेन भिड्ने भएका छन्।

यूक्रेनले अतिरिक्त समयमा मंगलबार राति अन्तिम १६ को खेलमा स्विडेनलाई २-१ गोलअन्तरले पराजित गर्दै इंग्ल्याण्डसँगको भेट पक्का गरेको हो।

त्यसअघिको खेलमा इंग्ल्याण्डले जर्मनीलाई २-० गोलअन्तरले पराजित गरेर क्वार्टफाइनलमा स्थान बनाएको थियो।

खेलको २७औं मिनेटमा ओलिस्डेर जिन्चेन्कोले यूक्रेनलाई अग्रता दिलाएका थिए। पहिलो हाफअघि इमिल फर्सबर्गले बराबरी गोल फर्काएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

अतिरिक्त समयमै स्विडेनका मार्कुस ड्यानिल्सनले पनि रातो कार्ड पाएका थिए। त्यसपछि अतिरिक्त समयको अन्तिम मिनेटमा ड्याभबेकले यूक्रेनका लागि निर्णायक गोल गरे।

युरोकप क्वाटरफाइनल समिकरण पुरा, कसले को पाए प्रतिद्वन्दी ?

0

काठमाडौं । मंगलबार राति भएका अन्तिम खेलसँगै युरोकप अन्तर्गतको क्वाटरफाइनल समिकरण पुरा भएको छ ।

फ्रान्स, पोर्चुगलजस्ता उपाधि दावेदार बाहिरिएको युरोमा मंगलबार राति तुलनात्मकरुपमा बलिया मानिएका जर्मनी र स्विडेन पनि बाहिरिएका छन् ।

मंगलबार राति भएको खेलमा जर्मनीलाई इग्ल्याण्डले २–० ले र स्विडेनलाई युक्रेनले २–१ ले हराएसँगै क्वाटरफाईनल समिकरण पुरा भएको हो ।

कसले को पाए प्रतिद्वन्दी ?

यसपटकको युरोकपमा बलिया मानिएका केही टोलीहरु घर फर्किएसँगै कमजोर मानिएका केही देशहरुले निकै राम्रो प्रदर्शन गरिरहेका छन् ।

फ्रान्सलाई सनसनीपुर्ण हराएको स्विट्जरल्याण्ड होस् वा नेदरल्याण्डलाई हराएको चेक रिपब्लिक नै कमजोर मानिएका टोलीहरु प्रतिष्पर्धामा आईरहदा बेल्जियम, डेनमार्क, स्पेन, इग्याण्ड तथा इटली जस्ता बलिया टोलीहरु पनि सँगै छन् । तर बेल्जियम र इटलीमध्य एक टोली बाहिरिने समिकरणले बाँकी टोलीलाई सहज बनाउनेछ ।

शुक्रबार रातिदेखि हुने क्वाटरफाईनल खेलमा स्पेनले स्विट्जरल्याण्ड, बेल्जीयमले इटली, डेनमार्कले चेक रिपब्लिक र इंग्लयाण्डले युक्रेन प्रतिद्वन्दी पाएका छन् ।
शुक्रबार र शनिबार राति यि खेलहरु हुनेछन् ।

राङरुङमा रुखमा चढ्ने साहसिक खेल शुरु

0

दमौली – कोरोना कहरका कारण थला परेको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँको भिमाद नगरपालिका–७ राङरुङमा रुखमा चढ्ने (ट्रि क्लाइम्बिङ) सहासिक खेल शुरु भएको छ ।

राङरुङलाई पर्यटकीय गन्तव्यस्थल बनाउन फरक गतिविधिको खोजीमा रहेको वडाकार्यालयले एसेट इन्ट्रोगिटी ग्रुपको प्राविधिक सहयोगमा रुखमा चढ्ने खेल सञ्चालन गरेको हो । डोरीको सहायताले रुख चढ्ने, रुखका विभिन्न स्थानमा डोरीमा झुण्डिएर वारपार गर्ने यो मनोरञ्जनात्मक खेलबाट आन्तरिक पर्यटनमा टेवा पुग्ने विश्वास लिइएको भिमाद नगरपालिका–७ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठले बताउनुभयो ।

“नयाँ गन्तव्यको खोजी अभियानअन्तर्गत रुख चढ्ने खेल सञ्चालन गरेका हौँ, यसले पर्यटकलाई आकर्षित गर्न सक्नेमा ढुक्क छौँ”, श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार पछिल्लो समय साहसिक खेलतर्फ पर्यटकको आकर्षण बढ्दै गएकाले रुख चढ्ने खेल पर्यटकको रोजाइमा पर्नेछ ।

यहाँ निर्माण गरिएको रुखमा एक पटकमा पाँच जनासम्म चढ्न मिल्ने बनाइएको छ । “पाँच वटा डोरी राखिएको छ, एकै पटक पाँच जना चढ्न मिल्छ, अहिले तत्कालका लागि ३० मिटरसम्म झुण्डिएर माथि जान सकिन्छ”, वडाध्यक्ष श्रेष्ठले भन्नुभयो ।

कोठाभित्र यस प्रकारको खेल सञ्चालन भएको भएता पनि बाहिर भने नेपालमै पहिलो हुनसक्ने उहाँको दावी छ । “यो वर्ष रकम अभाव भएकाले सबै काम गर्न सकेनौँ, आगामी वर्ष बजेट थप गरेर यसलाई व्यवस्थित बनाउँछाँै,” उहाँले भन्नुभयो, “यसलाई प्रतियोगितात्मकरूपमा अगाडि बढाउने सोच छ ।” वडाले यसका लागि चालु आर्थिक वर्षमा रु दुई लाख ५० हजार बजेट विनियोजन गरेको थियो ।

विभिन्न रमणीय स्थानको अवलोकन तथा हिमालको सुन्दर दृश्यावलोकनका लागि पिपलडाँडामा निर्मित दृश्यावलोकन केन्द्र, पिपलडाँडामै रहेको पार्क तथा स्थानीय मौलिक नेवारी परिकार पर्यटकको हटियामा रहेको झिङ्गु राङरुङ नेवाः होमस्टे, राङरुङ रिसोर्टका अतिरिक्त स्थानीय मौलिक कला र संस्कृति यहाँका प्रमुख आकर्षण हुन् ।

शहरको केन्द्रित बसाइ रोक्न र आन्तरिक पर्यटन प्रवद्र्धन तथा स्थानीय कला र संस्कृतिको प्रचारप्रसार गर्नका यी केही आधारआधार भए पनि यति मात्रै पर्याप्त नभएको वडाध्यक्ष श्रेष्ठको भनाइ छ । त्यसका लागि गाउँमै गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारीका अतिरिक्त अन्य मनोरञ्जनको व्यवस्था हुन जरुरी रहेको उहाँको भनाइ छ ।

यसका लागि विस्तृत गुरुयोजनाका साथ अगाडी बढ्ने बताउँदै उहाँले प्रारम्भिकरूपमा पर्यटकीय स्थलको रूपमा यस स्थललाई विकास गर्न आफू प्रयत्नरत रहेको जानकारी दिनुभयो । त्यसका लागि जिप फ्लाइङ, धुन्दुरमा ¥याफ्टिङ, ऐनाखोलामा मिनिचिडियाखाना, बोटानिकल गार्डेन तथा प्याराग्लाइडिङ सञ्चालन गर्ने योजना रहेको उहाँले सुनाउनुभयो ।

ट्रि क्लाइम्बिङ प्रवद्र्धन उपभोक्ता समितिको आयोजना र भिमाद नगरपालिकाको लगानीमा सञ्चालित उक्त कार्यको भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले शुभारम्भ गर्नुभएको थियो ।

नगरप्रमुख थापाले आफू समग्र भिमाद नगरपालिकाको पर्यटन, कृषि, शिक्षा स्वास्थ्य, उद्योग, पूर्वाधारलगायत चौतर्फी विकासका लागि प्रतिवद्ध भएर लागिपरेको बताउनुभयो । सबै कार्य एकैसाथ सम्पन्न गर्नका लागि आर्थिक तथा प्राविधिक व्यवस्थापनमा समस्या रहेतापनि क्रमिकरुपमा लक्ष्य प्राप्तिका लागि अग्रसर रहेको उहाँको भनाइ छ ।

अहिले गाउँमा बूढाबूढी मात्रै बस्ने र अन्य जनशक्तिको तीव्ररूपमा शहर पलायनले विकासको सन्तुलन बिग्रने बताउँदै नगरप्रमुख थापाले शहरको भीडभाड र भड्किलो जीवनशैलीमा रमाउनुभन्दा स्वस्थ गाउँले जीवनयापन, खानपान खुशी तथा लाभलायक रहेकामा जोड दिनुभयो । राङरुङमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यसहित ट्रि क्लाइम्बिङ सञ्चालनमा ल्याइएको ट्रि क्लाइम्बिङ प्रवद्र्धन उपभोक्ता समितिका अध्यक्ष भूपतीकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पर्यटकीय गन्तव्यवस्थल बन्दै

एउटा गीत छ, ‘गाउँको माया भुलेर खैरेनीसम्म पुग्याथे तान्यो मलाई तिम्रै मायाले ।’ यस गीतमा जोडिएको तिम्रो माया शब्दमार्फत रचनाकारले प्रेमि/प्रेमिका, श्रीमान्श्री/मती वा गाउँ जेसुकैलाई सम्वोधन गरेको हुनसक्छ तर गीतको यो सानो अंशले गाउँ छाड्ने अवस्थामा पुगेतापनि पछि पुनः गाउँमा फर्कने चाहने धेरैको मनोभावनाको प्रतिनिधित्व गरेको छ ।

गीतमा जस्तै मानिसले गाउँ भुलेर शहर रोज्नु धेरै कारण छन् । गाउँको भन्दा शहरमा सुख, सुविधा र तुलनात्मकरुपमा कम श्रम गरेर पनि जीवन चल्ने तथा सामाजिक प्रतिष्ठाका कारण मानिसले गाउँ छाडेर शहर रोजेको पाइन्छ । बाध्यताले शहर पसेका बाहेक अन्य हत्तपत्त गाउँ फर्कन चाहँदैनन् ।

यसरी स्थायीरुपमा गाउँ छाडेर शहरमा बसोवास गर्नेलाई छोटो समय भए पनि गाउँमा फर्काउने र गाउँमै बसोवास गर्नेका लागि विभिन्न अवसरको सिर्जना गर्दे पलायन रोक्ने तथा आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने अभियानमा छन् भिमाद नगरपालिका–७ राङरुङका स्थानीयवासी । यसमा स्थानीयलाई साथ दिएको छ भिमाद नगरपालिकाले ।

वैवाहिक सम्बन्ध तोडेका अञ्जु पन्त र मनोजराज शिवाकोटीले सांगीतिक सहयात्रा जोडे

0

धेरै वर्षअघि वैवाहिक सम्बन्ध टुंग्याएका अञ्जु पन्त र मनोजराज शिवाकोटीले सांगीतिक सहयात्रा भने पुनः जोडेका छन्।

दसकभन्दा लामो समयपछि उनीहरूले सँगै गीत गाएका हुन्। भखैरै सार्वजनिक म्युजिक भिडिओ हो– तिमी आयौ जिन्दगीमा।

सुरेश वाग्लेका शब्द रहेको गीतमा मनोजराजले संगीत भरेका हुन्।

सुव्रतराज आचार्यको निर्देशनमा बनेको भिडिओमा गीतकार वाग्ले र उनकी पत्नी प्रमिला कार्की फिचर्ड छन्।

उत्सव दाहालले छायांकन गरेको भिडिओलाई विकास दाहालले सम्पादन गरेका हुन्।

सुनको मूल्य तोलामा ६ सयले घट्यो

0

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९० हजार ६ सयमा कारेवार भएको सुनको मुल्य तोलामा ६ सयले घटेर आज ९० हजारमा कारेबार भएको छ।

त्यस्तै तेजावी सुनको मूल्य तोलाको ८९ हजार ५ सय ५० हजार तोकिएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलाको १३ सय मुल्यमा कारोबार भएको चाँदीको मुल्य आज तोलामा १० घटेर १२ सय ९० तोकिएको महासंघले जनाएको छ।

श्रीमान् हत्याका अभियोगमा पक्राउ

0

बर्दिया – मधुवन नगरपालिका–४ बादरभरियामा श्रीमान्को हत्या अभियोगमा छोरासहित एक महिला पक्राउ परेका छिन् । अठ्तीस वर्षीय लक्षीराम थारुको कुटपिट गरी हत्या गरेका अभियोगमा श्रीमती ३८ वर्षीया सीता र छोरा १८ वर्षीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको  छ ।

रक्सी खानका लागि रु एक सय मागेका विषयमा विवाद हुँदा श्रीमती र छोराले कुटपिट गर्दा गम्भीर घाइते भएका थारुकोे जिल्ला अस्पताल गुलरियामा उपचारका क्रममा मृत्यु भएको थियो । सो खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले अभियुक्तलाई पक्राउ गरेको  प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताउनुभयो  ।

अमेरिकाको फ्लोरिडामा एउटा भवन भत्किए १२ जनाको मृत्यु, १४९ जना अझै बेपत्ता

0

फ्लोरिडा । संयुक्तराज्य अमेरिकाको फ्लोरिडामा भत्किएको एउटा भवनमा मृत्यु हुनेको संख्या १२ जना पुगेको छ ।

मियामी–डेड काउन्टीका मेयर डानिएला लिभाइन काभाका अनुसार भवनको भग्नावशेषमा पुरिएर अझै १४९ जना बेपत्ता छन् र उनीहरुको खोजी कार्य जारी रहेको छ ।

मेयर काभाले पछिल्लो पटक मङ्गलबार साँझ दिनु भएको वक्तव्यमा बेपत्ता हुनेको संख्या अझै यकिनका साथ बताउन कठिन भइरहेको जानकारी दिए ।

उद्धारकर्ताहरुले थप मानिसको खोजीका लागि दिनरात खोजी कार्य जारी राखेका छन् तर वर्षा र भग्नावशेषका कारण खोजी कार्यमा कठिन भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सर्फसाइडमा भएको उक्त दुर्घटना स्थलको बिहीबार निरीक्षण गर्नहुने भएको छ ।
गत बिहीबार मियामी समुद्र किनारामा रहेको एउटा ठूलो भवन एक्कासी भत्किएको थियो । भवन भत्किनुको कारण अझै स्पष्ट भइसकेको छैन । तर, सन् २०१८ मा दिइएको प्रतिवेदनले भवनको संरचनामा कमजोरी रहेको देखाएको छ ।

एमाले कार्यदलको बैठक बस्दै

0

 काठमाडौँ –  पार्टीको आन्तरिक विवाद सुल्झाउन गठन गरिएको नेकपा–एमालेको कार्यदलको बैठक बस्दै छ।

१० औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग भएसँगै आज साँझ कार्यदलको बैठक बस्न लागेको हो।

समिट होटलमा बस्ने बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पनि सहभागी हुने जनाइएको छ।

शुक्रबार एमालेको केन्द्रीय कमिटीको बैठक बोलाइएको छ।

एमालेमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल नेतृत्वको समूहबीच विवादका कारण पार्टी विभाजनको डिलमा पुगेपछि विवाद समाधानको प्रयासस्वरुप दुवै तर्फका नेता सम्मिलित गरी एक कार्यदल गठन गरिएको थियो।

कार्यदलको बैठक पटक पटक बसेपनि कुनै सहमति हुन सकेको छैन।

राष्ट्रपतिलाई मुद्दा लगाउन मिल्दैन : वरिष्ठ अधिवक्ता पन्त

0

काठमाडौँ – वरिष्ठ अधिवक्ता सुशील पन्तले प्रतिनिधिसभा विघटनका विषयमा राष्ट्रपतिलाई मुद्दा लगाउन नमिल्ने तर्क गर्नुभएको छ ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा आज प्रधानमन्त्रीको तर्फबाट बहस गर्दै उहाँले राष्ट्रपतिलाई मुद्दा लगाउन नमिल्ने तर्क गर्नुभयो ।

“प्राकृतिक न्यायको सिद्धान्तले पनि राष्ट्रपतिविरुद्ध मुद्दा हाल्न मिल्दैन”, बहसका क्रममा वरिष्ठ अधिवक्ता पन्तले प्रश्न गर्नुभयो , “उहाँको कदम गलत हो भने विपक्षी किन नबनाएको हो ?” उहाँले विघटनको सिफारिसलाई राष्ट्रपतिले कार्यान्वयन मात्र गर्नुभएको तर्क गर्नुभयो । वरिष्ठ अधिवक्ता पन्तले एउटाले दल लिएर आयो र त्यही सांसद अर्को दलले लिएर आउँदा प्रधानमन्त्री नियुक्ति हुन नसक्ने तर्क गर्नुभयो ।

“प्रधानमन्त्री नियुक्ति गर्न धारा ७६(५) मा दल जरुरी छ, होईन भने ७५ (२) नलेखेको भए हुन्थ्यो, ह्वीप लाग्दैन”, वरिष्ठ अधिवक्ता पन्तले भन्नुभयो, “ह्वीपको प्रश्न कहाँबाट आयो, कारवाही गरेर अगाडि बढ्ने भनेर दलको पत्र आएपछि देउवा नियुक्त गर, संसद् बोलाउ भन्न मिल्छ ? रिट निवेदनमा ५ जनाभन्दा बढी रिट निवेदक भनेर नचिन्ने र १४६ जनाको हस्ताक्षरसहित रिट निवेदक बनाउन नमिल्ने उहाँको तर्क थियो ।

त्यसअघि, सहन्यायाधिवक्ता लोकराज पराजुली, खेमराज ज्ञवाली, उद्धवप्रसाद पुडासैनी र दशरथ पङ्गेनीले बहस गर्नुभएको थियो । उहाँहरूले संवैधानिक अधिकारअनुसार नै राष्ट्रपतिले काम गरेको तर्क गर्नुभएको थियो ।

थप २ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि; २० जनाको मृत्यु

0

काठमाडौं –  पछिल्लो २४ घण्टामा थप २ हजार ६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा कुल ११ हजार ७४८ जनाको परीक्षण गर्दा २ हजार ६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त  अवधिमा थप ४ हजार ३४८ जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ३५ हजार ३१० रहेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप  २० जनाको मृत्यु भएको छ ।  हालसम्म देशभर कुल ९ हजार ७१  जनाको  कोरोनाबाट मृत्यु भइसकेको छ।

Last Posted Articles