By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
स्वास्थ्य

दलहारु नागरिकहरुको घर दैलोमा आउँदै गर्दा नागरिकले प्रश्न गर्नेछन्

Season Khabar
Share
SHARE
Ad imageAd image

सिजन खबर २०८२ फागुन २१ गतेको संसदीय चुनाव नजिकिँदै गर्दा राजनीतिक दलहरू घोषणापत्र तयारीमा जुटेका छन् । विगतझैँ निःशुल्क उपचार, आधुनिक अस्पताल, विशेषज्ञ सेवा र स्वास्थ्य बीमा विस्तारजस्ता आकर्षक नाराहरू दोहोरिने संकेत देखिन्छ । तर संघीयता कार्यान्वयनको एक दशक बितिसक्दा पनि आम नागरिकको स्वास्थ्य सेवा किन अपेक्षाअनुसार सुधार हुन सकेन भन्ने मूल प्रश्न अझै अनुत्तरित छ । समस्या घोषणापत्रको शब्द चयनमा होइन, तीन तहका सरकारबीचको समन्वय अभाव, जिम्मेवारीबाट पन्छिने प्रवृत्ति र विगतका असफलता स्वीकार नगर्ने राजनीतिक संस्कृतिमा देखिन्छ । संघीय संरचनाले अधिकार त बाँड्यो, तर जिम्मेवारी प्रस्ट किटान नगर्दा नीति संघले बनाउने, योजना प्रदेशले तर्जुमा गर्ने र सेवा स्थानीय तहले दिने नाममा जिम्मेवारी घुमाउरो बन्दै गएको छ ।

अबको चुनावमा स्वास्थ्य सुधारलाई विश्वसनीय प्रतिबद्धताका रूपमा प्रस्तुत गर्न तीनै तहका सरकारले आफ्नो दायित्व स्पष्ट रूपमा लिनैपर्छ । स्थानीय तहलाई २४ घण्टा आधारभूत सेवा, स्थायी जनशक्ति र औषधि खरिदमा स्वायत्तता आवश्यक छ ; प्रदेश सरकारले विशेषज्ञ सेवा विस्तार, प्रभावकारी रेफरल प्रणाली र स्थानीय तहसँग सशक्त समन्वय गर्नुपर्छ ; संघीय सरकारले स्वास्थ्य बीमा पुनर्संरचना, औषधि नियमन, जनशक्ति नीति र महामारी व्यवस्थापनमा कडा नेतृत्व देखाउनुपर्छ । विगतका सामूहिक कमजोरी स्वीकार नगरी नयाँ वाचा मात्र दोहोर्याउने घोषणापत्रले जनविश्वास जित्न सक्दैन । स्वास्थ्यलाई लोकप्रिय नाराभन्दा उत्तरदायित्व र परिणामसँग जोडेर स्पष्ट जिम्मेवारी, कार्यान्वयनयोग्य लक्ष्य र राजनीतिक इच्छाशक्तिसहित अघि बढे मात्र सुदृढ संघीयता र स्वस्थ नागरिकको आधार निर्माण हुन सक्छ ।

Season Khabar February 13, 2026 February 13, 2026
Previous Article प्रविधिमा तीव्र विकास, नवीनतम आविष्कार सार्वजनिक
Ad imageAd image

ताजा खबर

घोषणापत्र होइन, प्रतिज्ञापत्र ल्याउँछ कांग्रेस : सभापति गगन थापा
ब्रेकिङ न्युज
कास्की अदालतमा तारेख बुझेर स्याङ्जा लागे रवि लामिछाने
ब्रेकिङ न्युज
१२ वर्षपछि विश्वकपमा पहिलो जित निकाल्ने लक्ष्य
ब्रेकिङ न्युज
मधेसको माहोल हेर्दा कांग्रेसले चुनाव जित्छ- सभापति थापा
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

215225
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?