By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
खेलकुद

नेपालका कविराज नेगी लामालाई विश्व तेक्वान्दो उत्कृष्ट पारा तेक्वान्दो प्रशिक्षक अवार्ड

Season Khabar
Share
SHARE
Ad imageAd image

सिजन खबर-माघ २० राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई विश्व तेक्वान्दो महासंघले सन् २०२५ को ‘पारा तेक्वान्दो कोच अफ दि इयर’ अवार्ड प्रदान गरेको छ। विश्व तेक्वान्दोको प्राविधिक कमिशनको छनोट तथा सिफारिसमा उक्त सम्मान दिइएको हो। सन् २०१५ देखि नेपाल तेक्वान्दो संघको राष्ट्रिय पारा तेक्वान्दो टोलीका प्रशिक्षकका रूपमा कार्यरत लामाले नेपाली पारा तेक्वान्दोलाई अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता दिलाएका छन्।

उनको प्रशिक्षणमा नेपालले विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्स फाइनल (जी–१०) २०२२ मा स्वर्ण, हान्चौं एसियन पारा गेम्स २०२२ मा काष्य तथा पेरिस पारा ओलम्पिकमा ऐतिहासिक काष्य पदकसहित दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय पदक जितेको छ, जसमा अधिकांश पदक पलेसा गोवर्धनले जितेकी हुन्। विश्व तेक्वान्दो महासंघले माघ १९ गते यूएईको फुजैराहमा आयोजित समारोहमा उनलाई सम्मान गरेको हो। यसअघि पनि उनले नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद, बागमती प्रदेश सरकार र एनएफजेएफ पल्स स्पोर्ट्स अवार्डबाट उत्कृष्ट प्रशिक्षकका विभिन्न सम्मान प्राप्त गरिसकेका छन्।

Season Khabar February 3, 2026 February 3, 2026
Previous Article काठमाडौंमा सुकुम्बासी बस्ती माथिसम्म बाढी आउने भएकाले हटाउन खोजेको थिएँ- बालेन
Next Article एमाले सिध्याउन देशी विदेशी शक्तिहरूले षड्यन्त्र गरिरहेका छन्- ईश्वर पोखरेल
Ad imageAd image

ताजा खबर

१२ वर्षपछि विश्वकपमा पहिलो जित निकाल्ने लक्ष्य
ब्रेकिङ न्युज
मधेसको माहोल हेर्दा कांग्रेसले चुनाव जित्छ- सभापति थापा
ब्रेकिङ न्युज
पाटन अस्पतालमा अब देशकै पहिलो पूर्ण ‘डिजिटल’ अस्पताल बन्दै
ब्रेकिङ न्युज
यूएईले दियो २६७ नेपाली कैदीलाई आममाफी
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

215127
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?