बिहीबार,माघ १५ बागलुङ — आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङका १०७ मतदानस्थलमध्ये २९ वटा अति संवेदनशील, २५ वटा संवेदनशील र ५३ वटा सामान्य सूचीमा राखिएका छन्। विगतका निर्वाचन गतिविधि, मतदाताको संख्या र सुरक्षा अवस्थाका आधारमा वर्गीकरण गरिएको जिल्ला प्रहरी प्रमुख तिलक भारतीले बताए। यसपटक एक मतदानस्थल थपिँदा कुल संख्या १०७ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जिल्लामा कुल १ लाख ९३ हजार ३८१ मतदाता छन्। क्षेत्र नं. १ मा ९८ हजार ४६ र क्षेत्र नं. २ मा ९५ हजार ३३५ मतदाता रहेका छन्।