काठमाडौं, माघ १३ मंगलबार नेप्से परिसूचक ४२.५८ अंकले घटेर २७२६.५१ विन्दुमा बन्द भएको छ। कारोबार रकम पनि घट्दै सोमबारको १६ अर्ब ३५ करोडबाट मंगलबार १४ अर्ब १६ करोडमा सीमित भएको छ। यसदिन ३३३ कम्पनीका ३ करोड २ लाखभन्दा बढी कित्ता सेयर कारोबार हुँदा ३४ कम्पनीको मूल्य बढ्यो, २२४ को घट्यो र दुई कम्पनी स्थिर रहे।
मंगलबार सप्तकोशी डेभलपमेन्ट बैंक र दरमखोला हाइड्रोको सेयर मूल्य क्रमशः ८.५६ र ८.४१ प्रतिशतले बढ्यो भने ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य ६.९३ प्रतिशतले घट्यो। राधी विद्युतको सर्वाधिक ५७ करोड ८५ लाख रुपैयाँको कारोबार भयो। म्युचुअल फण्ड बाहेक सबै समूहका परिसूचक घट्दा वित्त समूह सबैभन्दा बढी २.२ प्रतिशतले ओरालो लागेको छ।