काठमाडौं, माघ १३ नेपाल राष्ट्र बैंकले आगामी आमनिर्वाचनलाई ध्यानमा राख्दै राजनीतिक दल र उम्मेदवारका लागि छुट्टै चुनावी बैंक खाता खोल्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। निर्वाचन आयोगको सिफारिसमा प्रत्यक्ष, समानुपातिक तथा स्वतन्त्र उम्मेदवारले निर्वाचन अभियानका नाममा अलग खाता सञ्चालन गर्न पाउनेछन्। चुनावी खर्च पारदर्शी बनाउन राष्ट्र बैंकले विद्यमान नियममा लचकता अपनाउँदै आयोगको निर्देशन नआएसम्म यो सुविधा लागू गर्ने जनाएको छ।