By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
समाचार

सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा लगानी बढाउन प्रधानमन्त्रीको आग्रह

Season Khabar
Share
SHARE
Ad imageAd image

काठमाडौँ वैशाख १९— प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सडक, विद्युत्‌लगायत पूर्वाधारको विकास भइसकेकाले सूचना तथा प्रविधिको क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई आग्रह गरेका छन् ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८२ का अवसरमा आज सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाललाई आधुनिक र प्रविधिमय बनाउने हेतुले ‘हरेक दिन एक पाइला अगाडि’ भन्ने सोचका साथ काम गर्न आग्रह गरे।

उनले मुलुकमा सुशासन, विकास र सहज सेवा प्रवाहका लागि सूचना तथा सञ्चार प्रविधिको प्रयोगको अधिकार विस्तार गर्दै थप उपलब्धि हासिल गर्नुपर्ने धारणा राखे।

प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो मुलुक उर्वर र जीवनमय छ। यहाँ लगानीको प्रचुर सम्भावना छ। हामी हाम्रै पालामा केही गर्न सक्छौँ भन्ने आत्मविश्वासका साथ काम गरौँ। हाम्रो यात्रा अग्रगामी कदमतर्फ अवश्य बढ्नेछ। शिक्षालगायत हरेक क्षेत्रमा सूचना र प्रविधिको प्रयोग बढ्दै गएको छ। एसईईमा ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुने अवस्था अन्त्यका लागि व्यक्तिगत पहलमा गत वर्षदेखि ‘अनलाइन’ माध्यमबाट महत्त्वपूर्ण विषयमा कक्षा सञ्चालन गरियो। विद्यार्थीहरूको भविष्य अन्धकारमा पार्नु हुन्न भनेर गरिएका यस्ता कामलाई प्रोत्साहन गर्नुपर्छ।’

प्रधानमन्त्री ओलीले अब आफ्नै सुरक्षासहितको ‘डेटा’ प्रणाली कायम गर्नुपर्नेमा जोड दिँदै, व्यवस्था परिवर्तनपछि अवस्था परिवर्तन भएन भन्नेहरूका लागि सूचना प्रविधिको विकास नै उत्तर भएको टिप्पणी गरे।

उनले भने, ‘एक लाइन टेलिफोन पाउन मन्त्रीको सिफारिस चाहिने अवस्थाबाट हामी धेरै अघि बढिसकेका छौँ। अन्तरिक्षमा आफ्नै ‘स्याटेलाइट’ पठाउने प्रयास सुरु भएको छ। यस क्षेत्रमा नयाँ पुस्ताका हस्ती तयार भइसकेका छन्। हामी आत्मविश्वासका साथ अघि बढौँ। सूचना प्रविधिको क्षेत्रमा थप दक्ष जनशक्ति उत्पादन र तालिममा जोड दिँदै जानुपर्छ। अब मुलुकको समृद्धिका लागि कुनाकुनाका जनजनमा विकास र सुशासनका लागि सूचना तथा सञ्चार प्रविधिको विस्तार र प्रयोग गर्नुपर्छ। सूचना र प्रविधिको दुरुपयोग गरी व्यक्तिको हुर्मत लिने प्रवृत्तिबाट भने सचेत रहनुपर्छ।’

कार्यक्रममा प्रधानमन्त्री ओलीले बागमती प्रदेश सरकारको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र सवारीधनी प्रमाणपत्र (ब्लुबुक) नागरिक एपमा आबद्ध गर्ने कार्यको शुभारम्भ गरे।

सो अवसरमा राष्ट्रिय सूचना प्रविधि अवार्डबाट प्राडा शशीधर राम जोशीसहित विभिन्न व्यक्ति तथा संस्थालाई पुरस्कृत गरिएको थियो।

Season Khabar May 2, 2025 May 2, 2025
Previous Article एनआरएनए एकतामा रेग्मीको जोड, भन्छन्- एकता नभएसम्म कुनै पनि निर्वाचनमा सहभागी हुन्न
Next Article नेपाली छात्राको मृत्यु घटनामा केआईआईटीद्वारा शोक व्यक्त
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213748
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?