By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
अन्य

लगानी बोर्डको रणनीतिक योजना : चार वर्षमा ११ परियोजना सञ्चालन र १४ निर्माणको चरणमा

Season Khabar
Share
SHARE
Ad imageAd image

काठमाडौँ वैशाख १९— सार्वजनिक–निजी साझेदारी (पिपिपी) अवधारणामा पूर्वाधार विकासका क्षेत्रमा महत्त्वाकाङ्क्षी लक्ष्य हासिल गर्ने योजनासहित लगानी बोर्ड नेपालको ‘रणनीति तथा व्यावसायिक योजना २०८१–८६’ स्वीकृत भएको छ ।

गत आइतबार बसेको लगानी बोर्ड नेपालको बैठकले उक्त योजना स्वीकृत गरेको हो । बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार आगामी चार वर्षभित्र विभिन्न परियोजनामा गरिनुपर्ने कार्यको योजना र रणनीति तयार पारिएको हो ।

‘रणनीतिमा राखिएका विषयहरू निकै महत्त्वाकाङ्क्षी छन् । न्यूनतम र अधिकतम कतिसम्म लगानी भित्र्याउन सकिन्छ भनेर लक्ष्य तोकिएको छ । लगानीका लागि राम्रो वातावरण बन्यो, जनशक्ति व्यवस्थापन भयो र आवश्यक कानुनहरू तयार भएमा त्यति लगानी भित्र्याउन सकिन्छ भन्ने हाम्रो अनुमान हो,’ प्रवक्ता उपाध्यायले भने ।

बोर्डको संस्थागत संरचना रूपान्तरण, सङ्गठन सुदृढीकरण र जनशक्ति व्यवस्थापनका लागि यो दस्तावेज महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।

बोर्डको रणनीतिक तथा व्यावसायिक योजनाअनुसार आर्थिक वर्ष २०८५/८६ सम्म आठ अर्ब ९५ करोड अमेरिकी डलर बराबरका ११ परियोजना निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । यदि सबै परियोजना सम्पन्न हुन नसकेमा पनि कम्तीमा चार अर्ब सात करोड अमेरिकी डलर बराबरका पाँच परियोजना सञ्चालनमा ल्याउने लक्ष्य छ ।

त्यस्तै, आर्थिक वर्ष २०८५/८६ सम्म दुई अर्ब ८३ करोड अमेरिकी डलर बराबर लागतका कम्तीमा सात परियोजना निर्माणको चरणमा पुग्ने छन् । अधिकतम पाँच अर्ब ५५ करोड अमेरिकी डलर बराबरका १४ परियोजना निर्माणको अन्तिम चरणमा पु‍र्‍याउने लक्ष्य बोर्डले राखेको छ ।

आगामी चार वर्षभित्र अधिकतम २४ अर्ब ३० करोड अमेरिकी डलर बराबरका ५७ परियोजना ‘पाइपलाइन’मा राखी सम्भाव्यता अध्ययन गर्न प्रस्ताव गरिएको छ ।

त्यस्तै, २३ अर्ब ५० करोड अमेरिकी डलर बराबरका ५२ परियोजना खरिद प्रक्रियामा पु‍र्‍याइनेछन् । बोर्डका अनुसार यो अवधिमा १७ अर्ब ९५ करोड अमेरिकी डलर बराबरका ४२ परियोजना परियोजना विकास सम्झौता (पीडीए) तथा परियोजना कार्यान्वयन सम्झौता (पीआईए) वार्ताको चरणमा पुग्ने छन् ।

१५ अर्ब ७० करोड अमेरिकी डलर लागतका ३२ परियोजना वित्तीय व्यवस्थापन र पूर्व–विकास गतिविधिको अवस्थासम्म पु‍र्‍याइने रणनीतिमा उल्लेख छ ।

निजी क्षेत्र र अन्य निकायले कार्यान्वयन गर्ने परियोजनाको अवस्था हेर्दा, आगामी चार वर्षभित्र निजी लगानीका अधिकतम ६७ परियोजनाका लागि सात अर्ब ४५ करोड अमेरिकी डलर र अन्य निकायमार्फत कार्यान्वयन हुने २५ परियोजनाका लागि तीन अर्ब १५ करोड अमेरिकी डलर बराबरको लगानी स्वीकृत गरिनेछ ।

यस योजनाको कार्यान्वयनका लागि आवश्यक निर्देशनालयसहितको सङ्गठन संरचनाको खाका पनि बोर्डले तयार पारेको छ । जसअन्तर्गत योजना प्रशासन तथा वित्तीय व्यवस्थापन निर्देशनालय, सार्वजनिक–निजी साझेदारी निर्देशनालय, लगानी प्रवर्द्धन तथा सहजीकरण निर्देशनालय र आयोजना विकास तथा व्यवस्थापन निर्देशनालय समावेश छन् ।

यी सबै निर्देशनालयमा कम्तीमा सहसचिव स्तरका कर्मचारी आवश्यक पर्ने उल्लेख गरिएको छ । साथै, लगानी बोर्डको सङ्गठन तथा व्यवस्थापनसम्बन्धी सर्वेक्षण गर्ने निर्णय पनि गरिएको छ ।

महत्त्वाकाङ्क्षी लक्ष्यसहित यो योजना स्वीकृत हुँदै गर्दा, विगत डेढ दशकमा बोर्डका उपलब्धि भने सन्तोषजनक देखिँदैनन् ।

बोर्डले स्थापना कालदेखि हालसम्म ३८ परियोजनाका लागि जम्मा १२ खर्ब रुपैयाँ बराबरको लगानी मात्र स्वीकृत गरेको छ । स्वीकृत लगानी र प्राप्त लगानीबीचको खाडल निकै फराकिलो देखिन्छ ।

लगानी बोर्डको कार्यालयमा एकल विन्दु सेवा केन्द्र स्थापना भए पनि यसको प्रभावकारी सञ्चालन हुन सकेको छैन । एकल विन्दुमा पर्याप्त जनशक्ति छैन, र बोर्डबाट भएका निर्णयहरूको कार्यान्वयनमा ढिलासुस्ती र आनाकानी देखिएको छ ।

लगानी बोर्डको छुट्टै कोष स्थापना गर्ने भनिए पनि १२ वर्षमा अझै सम्भव भएको छैन । त्यस्तै, जग्गा अधिग्रहण कोष, सम्भाव्य न्यूनता परिपूरक कोषलगायतका कोषहरूको स्थापना हुन सकेको छैन । विज्ञ र कर्मचारी व्यवस्थापनका लागि दातृ निकायमाथि भरपर्नुपर्ने अवस्था यथावत् छ ।

Season Khabar May 2, 2025 May 2, 2025
Previous Article नेपाली छात्राको मृत्यु घटनामा केआईआईटीद्वारा शोक व्यक्त
Next Article १० वर्षमा साढे २८ हजार मेगावाट विद्युत् कसरी ?
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213748
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?