वैशाख ११ : अदानचुली (हुम्ला) — बाढीले अवरुद्ध बनाएको गल्फागाड श्रीनगर सडक खण्ड सञ्चालनमा आएको छ । वैशाख ४ गते परेको अविरल वर्षासहितको पहिरोका कारण भत्काएको सडक मर्मतपछि सञ्चालनमा आएको हो ।
नियमित रूपमा सञ्चालनमा रहेको उक्त सडक खण्ड वर्षाका कारण एक सातादेखि पूर्ण रूपमा अवरुद्ध भएको थियो । गाउँपालिकाले एक्स्काभेटरमार्फत निरन्तर मर्मत गरेपछि सञ्चालनमा आएको छ । गाउँपालिकाले चार दिन मर्मत गरेपछि आज बिहानदेखि सडक सञ्चालनमा आएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोद बुढाले बताए ।
कर्णाली करिडोरबाट गाउँपालिकाको केन्द्र जोड्ने एक मात्र विकल्प रहेको उक्त सडक खण्ड अवरुद्ध भएपछि गल्फा गाडलगायतका क्षेत्रमागई सवारी साधनको प्रयोग गर्ने नागरीकलाई केही सहज भएको छ । निरन्तर एक सातासम्म यातायात ठप्प भएपछि गाउँमा दैनिक उपभोग्यका सामग्रीको अभाव भई हाहाकार भएको व्यवसायी नवराज महताराको भनाइ छ । मालवाहक ट्रक एक सातादेखि गल्फागाडमा रोकिएकामा आज मात्रै गाउँपालिकाको केन्द्रमा आइपुगेका छन् ।
बन्द सडकका कारण नेपालगञ्ज,सुर्खेत लगायतका सहरी क्षेत्रमा जान करिब दुई घण्टाको पैदल बाटो मार्फत कर्णाली करिडोरमा गएर बस चढ्नुपर्ने बाध्यता थियो ।