By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
समाचार

शिक्षकमाथि सरकारले विश्वासको वातावरण बनाउनुपर्छ : नेता विश्वकर्मा

Season Khabar
Share
SHARE
Ad imageAd image

काठमाडौं बैशाख १० : नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले शिक्षकमाथि सरकारले विश्वासको वातावरण बनाउनुपर्ने बताए। उनले अहिले नै पूरा हुने माग पूरा गर्ने र कतिपय कुराहरू संविधान संशोधन गर्दा तथा त्यसपछिका छलफलका माध्यमबाट टुंग्याउनुपर्ने बताए।

‘शिक्षकका सबै माग एकैपटक पूरा हुने अवस्था छैन। कतिपय कुरा संविधान संशोधन गर्दा नै सम्बोधन गर्ने कुरा भए। गर्छु भनेर भएन। त्यतिबेलाको बहुमतले के भन्छ, त्यसैगरी उहाँहरूलाई बुझाउनुपर्‍यो,’ उनले भने, ‘ऐन जारी गर्ने विषयमा तलमाथि नहुने गरी विश्वास दिलाउने काम गर्नुपर्‍यो।’

विश्वकर्माले सबैभन्दा पेचिलो विषय राहत शिक्षकको विषयमा सरकारले गम्भीर भएर आन्दोलनरत शिक्षकका प्रतिनिधिसँग छलफल गर्नुपर्ने बताए।

‘राहत शिक्षकको विषयमा यसअघि पनि विभिन्न सम्बोधन भएका थिए। यसपटक पनि यो विषय उठ्यो। अब सरकारले यसलाई कसरी सम्बोधन गर्ने भन्ने बुझाउनुपर्छ’ उनले भने, ‘राहत शिक्षक भनेको अस्थायी हो भन्ने कुरा त उहाँहरूले बुझ्नुभएकै छ। उहाँहरूले जागिर खाँदैमा अस्थायी हो भनेर खानुभएको हो।’

विश्वकर्माले तत्काललाई कक्षा १२ को परीक्षा स्थगित गरेर समस्या समाधान गर्नतर्फ सरकार लाग्नुपर्ने सुझाव पनि दिए।

उनले सरकारले एक सूचना जारी गर्दा स्थगित हुने कुरालाई ध्यान दिन आग्रह गर्दै भने, ‘सरकारको एक सूचनाले परीक्षा रोकिन सक्थ्यो। आन्दोलन त एकैपटक रोक्न सकिने कुरा भएन। सरकारले आन्दोलनरत शिक्षकसँग वार्ताको चरणमा रहेकोले परीक्षा स्थगित भएको भनेर सूचना दिनुपर्ने थियो।’

Season Khabar April 23, 2025 April 23, 2025
Previous Article झापा एफसी र काठमाडौं रेजर्स भिड्दै
Next Article जनतालाई सकारात्मक प्रभाव पार्ने प्रविधिमा ध्यान दिनुपर्नेमा जाेड
Ad imageAd image

ताजा खबर

यूएईले दियो २६७ नेपाली कैदीलाई आममाफी
ब्रेकिङ न्युज
बागलुङका २९ वटा मतदानस्थल ‘अति संवेदनशील’
ब्रेकिङ न्युज
चुनावी खर्च पारदर्शी बनाउन राष्ट्र बैंकको नयाँ व्यवस्था
ब्रेकिङ न्युज
निर्वाचन आचारसंहिता लागु
ब्रेकिङ न्युज राजनीति हाइलाइटहरू

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

214795
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?