By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
समाचार

भाटभटेनीको तोडफोडमा प्रतिकार गर्ने सुरक्षाकर्मी ५ लाख नगद र पाँच ग्रेड बढुवासहित सम्मानीत

Season Khabar
Share
SHARE
Ad imageAd image

काठमाडौं । गत चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड हुदाँ प्रतिकार गर्ने सुरक्षाकर्मी दुलप्रसाद पराजुली सम्मानित भएका छन् । बुधबार भाटभटेनीले एक कार्यक्रमका बीच उनलाई चैत १५ गतेको घटनामा देखाएको बहादुरीको कदर गर्दै सम्मान गरेको हो । उनको योगदानका लागि भाटभटेनीले ५ लाख १ हजार १११ रुपैयाँ, एउटा फुली र पाँच ग्रेड बढुवासहित सम्मान गरेको छ । उनीसँगै घटनामा कम्पनीको सुरक्षामा योगदान दिएका अन्य कर्मचारीहरूलाई पनि सम्मानित भएका छन् ।

सोही क्रममा पराजुलीले चैत्र १५ प्र्रदर्शनकारीहरु आएर फलफूल, बियर, वाइनहरु सबै बोकेर हिन्न थाले त्यसपछि सबैजना मिलेर उनीहरुलाई रोक्न भनेर गएको भन्दै प्रतिकार गर्दै गर्दा आफूलाई डर नलागेको पनि बताए ।
उनले भने, ‘चैत्र १५ गतेको कुरामा आतंककारी आए, ढुंगामुढा गर्न थाले, त्यसपछि भित्र पसेर फलफूल, बियर, वाइनहरु सबै बोकेर हिन्न थाले त्यसपछि भएन भनेर सबै जना साथिहरु मिलेर उनीहरुलाई रोक्न थाल्यौं, अरु साथिले भित्रबाट लखेट्ने गरेका थिए भने मैले बाहिर बसेर हानेको थिए । मलाई डर भने लागेन ।’

यस्तै, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भाटभटेनीको तर्फबाट चैत्र १५ को घटनामा ज्यान गुमाएका एभिन्यूजका क्यामेराम्यान सुरेश रजतको परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । उनले भने, ‘चैत्र १५ को घटनामा ज्यान गुमाएका एभिन्यूजका क्यामेराम्यान सुरेश रजतको परिवारलाई ५ लाख रुपैयाँ भाटभटेनीको तर्फबाट सहयोग गर्ने छौ र अर्को सविन महर्जनको परिवारलाई पनि ३ लाख रुपैया सहयोग गर्ने घोषणा गर्दछु ।’

उनले एउटा व्यवसायी र नेपालीको हैसियतले अब नेपालमा राजा आउन सम्भव नभएको भन्दै उद्घोष पनि गरेका थिए । उनले भने, ‘हामीलाई राजा गयो अब फेरि आउँछ भन्ने छ अब आउँदैन् । राजा आउदैँन् मैले उद्घोष गरे, म एउटा व्यवसायी र एउटा नेपाली भएर भन्दै छु राजा आउदैँन् । भाटभटेनीमा ढुङ्गा हान्ने काम गर्नु हुदैँन्। नेपाल सरकारलाई के भन्न चाहान्छु भने कुनै एउटा डनले थर्काउदा थर्किनु पर्ने त्रासको वातावरणबाट हामीलाई मुक्त गर्नु ।’

Season Khabar April 2, 2025 April 2, 2025
Previous Article लखनउ सुपर जाइन्ट र पञ्जाव किंग्सबीच खेल हुँदै
Next Article तीनकुने घटनाबारे छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्रीलाई बोलाइयो
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?