By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
समाचार

तीनकुने घटनाबारे छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्रीलाई बोलाइयो

Season Khabar
Share
SHARE
Ad imageAd image

काठमाडौं  चैत्र २०। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चैत १५ गते भएको  आन्दोलनका क्रममा घटेका सबै घटनाहरुको बारेमा गृहमन्त्रीले समितिलाई जानकारी गराउनुपर्ने बताएका छन् ।

बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिका बैठकमा बोल्दै शर्माले तीनकुने घटनाको सबै जानकारी गृहमन्त्रीले समितिमा दिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘संसदमा एउटा परम्परा छ । त्यो  परम्परा भनेको  के  हो भने एउटा बैठक बसे पछाडि अर्को बैठक बस्ने अवधिको बीचमा यदी मुलुकमा कुनै  प्रकारको गम्भिर प्रकृतिको घटना हुन्छ भने त्यो संसदको गहिरो ध्यानाकर्षणको विषय बन्छ । संसदमा माननिय गृहमन्त्रीज्युले जवाफ दिनलाई चाँही अनुकुल समय विविध कारण मिलेन । पहिला द्वन्द्व थियो पछि दीपक बोहोरा जिको घटना भयो । राज्य व्यवस्था समितिको यो बैठकमा गृहमन्त्री ज्युलाई बोलाउनुपर्छ । गृहमन्त्रीले  राज्य प्रशासनको तर्फबाट राज्यको बुझाई के हो ? भएको विषय वस्तु के हो ? ४ हजारसम्मको भिड व्यवस्थापन गर्न  क्षमता नभएको हो राज्यसँग ?  यो समग्र विषयमा समितिलाई जानकारी गराउन ध्यानाकर्षण गर्दछु ।’

साथै उनले राज्य व्यवस्था तथा सुशासन समितिको पहिलो एजेण्डा चैत १५  गतेको घटना हुनुपर्नेमा त्यसमा समितिले किन ध्यान नदिएको भन्दै प्रश्न गरे । उनले समितिको एजेण्डा निर्माण गर्ने प्रक्रियामा कहाँ कमि भयो ? यो परम्परा के  हो ? यसमा हामीले किन ध्यान दिएनौं ? भन्दै गम्भिरतापूर्वक समितिलाई ध्यानाकर्षण पनि गराए ।

उनले भने, ‘अहिले संसद नबसिरहेको बेलामा उसै पनि मिनि संसद त्यसमा पनि राज्य व्यवस्था तथा सुशासन समितिको पहिलो एजेण्डा चैत १५ गतेको घटना हुनुपर्ने थियो । यो एजेण्डा निर्माण गर्ने प्रक्रियामा कहाँ कमि भयो ? यो परम्परा के  हो ? यसमा हामीले किन ध्यान दिएनौं ? यसमा म गम्भिरतापूर्वक ध्यानाकर्षण गर्न चाहन्छु ।’

न्यायिक छानिबन समितिको मापदण्डबारे भने स्पष्ट हुनुपर्ने उनको धारणा छ । समग्र छानबिनका लागि सरकारले न्याय समिति बनाउनुपर्ने उनले बताए ।

राजावादीको प्रदर्शनका क्रममा गत शुक्रबार तीनकुने घटनामा दुई जनाको मृत्यु भएको थियो । केही घर तथा सार्वजनिक सम्पत्तिमा आगजनी भएको थियो । उक्त घटनाका विषयमा गृहमन्त्री रमेश लेखकलाई बोलाएर छलफल गर्नुपर्ने शर्माले बताए ।

यसैगरी नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले तीनकुने घटनामा सरकारले सरकारले चाँडै जवाफ दिनुपर्ने बताए । उनले प्रहरी घेरामा रहेका दुर्गा प्रसाईंलाई पक्राउ नगरिएकोप्रति आक्रोश पोखे ।

उनले भने, ‘चैत १५ गतेको घटनामा सरकारले चाँडै जवाफ दिनुपथ्र्यो । प्रधानमन्त्री नै आएर जवाफ दिनुपथ्र्यो । सरकारले गणतन्त्रको बारेमा, संविधानको रक्षाको बारेमा कुरा गर्यो । तर चैत १५ गतेको घटना के हो ? समितिमा गृहमन्त्री आउनुपर्छ, सरकारले ठिक गरेन, आफ्नै प्रहरीले घेरामा हालेको बेलामा दुर्गा प्रसाईंलाई नसमात्ने, अहिले छिटोभन्दा छिटो पक्रिन्छौँ भन्दा कसले पत्याउने ?’

यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले गृहमन्त्री रमेश लेखकलाई शुक्रबार चैत २२ गतेको बैठकमा बोलाइने बताएका छन् । उनले तीनकुने घटनाबारे बुझ्न गृहमन्त्री रमेश लेखकलाई बोलाउने निर्णय गरेको बताए ।

उनले भने, ‘जहाँसम्म अहिले गृहमन्त्रीलाई १५ गतेको घटनाबारे जानकारी गराउनुपर्ने छ,  त्यसका लागि समितिले सम्पर्क गरेको छ । अब २२ गते शुक्रबार ११ बजे समितिको अर्को बैठक बस्नेछ । त्यसमा तीनकुने घटनाको बारेमा यथार्थ जनताका बिचमा लानेगरी हामी गृहमन्त्रीलाई बोलाउने छौं ।’

आजको बैठकमा समितिका सदस्यहरूले तीनकुने घटनाबारे सरकारले जवाफ दिनुपर्ने माग राखेका थिए ।

Season Khabar April 2, 2025 April 2, 2025
Previous Article भाटभटेनीको तोडफोडमा प्रतिकार गर्ने सुरक्षाकर्मी ५ लाख नगद र पाँच ग्रेड बढुवासहित सम्मानीत
Next Article २००७ सालको क्रान्तिको सैद्धान्तिक र वैचारिक धरातलको निर्माण नै रेडियो नेपालले गरेको हो : राष्ट्रपति
Ad imageAd image

ताजा खबर

यूएईले दियो २६७ नेपाली कैदीलाई आममाफी
ब्रेकिङ न्युज
बागलुङका २९ वटा मतदानस्थल ‘अति संवेदनशील’
ब्रेकिङ न्युज
चुनावी खर्च पारदर्शी बनाउन राष्ट्र बैंकको नयाँ व्यवस्था
ब्रेकिङ न्युज
निर्वाचन आचारसंहिता लागु
ब्रेकिङ न्युज राजनीति हाइलाइटहरू

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

214795
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?