By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
समाचार

मधेसवादी दलका नेताहरुको दोहोरो चरित्रका कारण मधेस उजाड : प्रभु साह

Season Khabar
Share
SHARE
Ad imageAd image

वीरगंज चैत्र १९। आम जनता पार्टी ९आजपा० का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मधेसवादी दलका नेताहरुको दोहोरो चरित्रका कारण मधेस उजाड बन्दै गइरहेको टिप्पणी गरेका छन्।

वीरगंजमा आजपाले आज आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष साहले मधेसवादी दलका नेताहरु सरकारमा भए पनि मधेसका लागि काम नगरेको आरोप उनले लगाए।

‘सत्ता बाहिर हुँदा यो भएन, त्यो भएन भन्ने मधेसका ठेकेदारहरु सरकारमै भएर पनि किन मधेसका लागि काम गर्दैनन् रु संघीय सरकार देखी मधेस प्रदेशको सरकारमा उनीहरु छदैछन्, मधेसको विकासका लागि योजना बनाउने, कार्यान्वयन गर्नलाई कसले रोकेको छ रु’, आजपा अध्यक्ष साहले प्रश्न गरे, ‘वीरगंजकै तीन जना नेता संघीय सरकारमा छन्, तर उनीहरुले वीरगंज सहित मधेसका लागि के गरे रु’

संघीय सरकारमा सहभागि नेताहरु लुट, भ्रष्टाचार, अनियमिततामा लागेको गम्भिर आरोप लगाउदै उनले उनीहरुबाट केही आश गर्नु बेकार रहेको टिप्पणी गरे । सरकारमा भएको बेलामा मधेसका लागि केही गर्नु भन्ने उदेश्य उनीहरुको नरहेको आरोप उनले लगाए।

यस्तै मधेस प्रदेश सरकारले समेत मधेसका लागि केही गर्न नसकेको उनले बताए। विभिन्न बहाना बनाएर सत्तामा टाँसिरहने र सत्ताबाट हटेपछि यो भएन, त्यो भएन भन्दै यिनीहरु नाटक गर्न मात्रै जानेको उनले बताए।

लुटकारी दलाल दलतन्त्रका कारण मुलुक बर्बाद भईरहेको बताउदै आजपा अध्यक्ष साहले नेताहरुको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन आवश्यक भएको बताए। उनले आम जनताको शासन व्यवस्थाका लागि तेस्रो जनआन्दोलन सफल बनाउनुपर्ने बताए।

लुटकारी दलतन्त्र बिरुद्ध २४ चैतमा काठमाडौंमा हुने तेस्रो जनआन्दोलनको तयारीका लागि रौतहट, बारा र पर्सामा आयोजित कार्यक्रमका लागि मधेस झरेका साहले भ्रष्ट, लुटेरा, दलाल नेताहरुका कारण मुलुक समृद्ध नभएको बताउदै तेस्रो जनआन्दोलनमा सहभागिताका लागि आह्वान समेत गरे।

सरकार र संविधान दुबै असफल भईसकेको बताउदै उनले वर्तमान व्यवस्थाको अन्त्य नै मुलुकमा देखिएको संकटको समाधान भएको बताए । जनताको सर्वोच्चता सहितको शासन व्यवस्था नभएसम्म मुलुक समृद्ध हुन नसकेको उनले बताए ।

देशको वर्तमाान राजनीतिक अवस्था अन्यौलग्रस्त, अस्तव्यस्त एंव संकटउन्मुख रहेकोले आम जनतामा राजनीतिप्रति विकर्षण, दल र नेताप्रति घृणा, राजनीतिक शक्तिहरूबीच टकराव, जनआक्रोश मार्फतको तिब्र धुर्वीकरण सहित अग्रगामी विचार, नेतृत्व एंव निकासको खोजीमा देश रहेको उनले बताए ।

Season Khabar April 1, 2025 April 1, 2025
Previous Article प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीकाने जिम्मेवारी
Next Article सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213748
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?