काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) काे दोस्रो खेलमा आज बुटवल लुम्बिनी एफसी र झापा एफसीबीच खेल हुदैँछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । प्रतियोगितामा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी, र चितवन एफसी गरी सात टोली सहभागी छन् ।
शनिवार सुरु भएको प्रतियोगितामा साविक विजेता ललितपुर सिटी एफसी र काठमाडौं रेजर्सले २–२ गोलको बराबरी खेलेका छन् ।पहिलो संस्करणको एनएसएल उपाधि काठमाडौं रेजर्सले जितेको थियो भने दोस्रो संस्करणको उपाधि ललितपुर सिटी एफसीले जितेको थियो ।