By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
खेलकुद

तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा मच्छिन्द्र

Season Khabar
Share
SHARE
Ad imageAd image

बुटवल चैत्र १३ । मच्छिन्द्र फुटबल क्लब २३औं तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा मंगलबार सम्पन्न अन्तिम क्वार्टरफाइनलमा मच्छिन्द्रले एडोर्न गडवाल स्पोर्टिङ क्लब, देहरादुनमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो ।

बराबरीतर्फ उन्मुख खेलमाराजीव लोप्चनले निर्णायक गोल गरेका हुन् । उनले ८८औं मिनेटमा गरेको गोल नै खेलमा निर्णायक बनेको थियो । फ्रिककमार्फत आएको बललाई विवेक राईले बक्सबाहिरबाट भलिको प्रयास गरेका थिए । तर, राम्रोसँग कनेक्ट नहुँदा राजीवलाई गोल गर्ने अवसर जुरेको हो । जसलाई उनले बिनागल्ती पहिलो बारतर्फ गोल गरे ।

खेलको ‘म्यान अफ द म्याच’ पनि राजीव नै घोषित भए । उनले ११ हजार १११ रुपैयाँ प्राप्त गरे । योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । पहिलो सेमिफाइनलमा विभागीय टोली एपिएफ र संकटा क्लब भिड्ने भएका छन् । यी दुईबीचको खेल बुधबार अपरान्ह्र ४ बजे हुनेछ ।

एपिएफले आयोजक करेन्ट रुपन्देही–११ लाई १–० र संकटाले जर्जियन फुटबल क्लब कालिम्पोङ भारतलाई ४–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएका हुन् ।

दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडले मच्छिन्द्रलाई चुनौती प्रस्तुत गर्ने भएको छ । यी दुईबीचको खेल भने बिहीबार हुने तय छ । दोस्रो क्वार्टरफाइनलमा चर्च ब्वाइजले टाइब्रेकरमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ४–३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।

बुटवल उपमहानगरपालिकाको संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमुर्ति इण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजक, प्रदेश खेलकुद परिषद् लुम्बिनी मुख्य सहयोगी संस्था रहेको प्रतियोगिताको २३औं संस्करणको विजेताले नगद १२ लाख १२ हजार २२२ रुपैयाँ प्राप्त गर्नेछन् ।

उपविजेता टिमले ६ लाख, ६६ हजार, ६६६ रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षकलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाइकल उपहार तथा प्रत्येक दिनको ‘म्यान अफ दी म्याच’ लाई नगद ११ हजार १११ रुपैयाँबाट पुरस्कृत गरिने छ ।

यो संस्करणमा आयोजक करेन्ट रुपन्देही–११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा दुई विदेशी टिमहरु एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरि आठ टिमको प्रतिस्पर्धा गर्नेछन् ।  प्रतियोगिता चैत १६ गतेसम्म सञ्चालन हुनेछ ।

Season Khabar March 26, 2025 March 26, 2025
Previous Article सरकार बहुआयामिक चुनौतीहरुको सामना गर्न प्रतिबद्ध छ : मन्त्री सिंह
Next Article सुनचाँदीको मूल्य सामान्य बढ्यो
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213946
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?