By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
समाचार

विद्यालय तहमा स्वास्थ्य विषय अनिवार्य गर्न प्रस्ताव

Season Khabar
Share
SHARE
Ad imageAd image

काठमाडौं चैत्र १२। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब विद्यालय तहमा अनिवार्य रुपमा स्वास्थ्य विषय पढाउने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौं आयोजित स्तन पाठेघर तथा सर्भाइकल क्यान्सर र क्रीनिङ्ग कार्यक्रम उद्घाटन समारोहमा बोल्दै शिक्षा जीवनउपयोगी हुनुपर्ने कारण स्वास्थ्य विषय ऐक्षिक होइन अनिवार्य बनाउनुपर्ने बताए । विद्यालय तहका सबैलाई आफ्नो शरीर जोगाउने चेतना प्राप्त हुनेगरी शिक्षा दिनुपर्छ भनेर शिक्षा मन्त्रालयलाई प्रस्ताव गरेको पनि उनले जानकारी दिए ।

उनले भने,‘हामीले अब विद्यालय तहमा अनिवार्य रुपमा स्वास्थ्य विषय पढाउने व्यवस्था गरौं । शिक्षा जीवनउपयोगी हुनुपर्छ । त्यसैले स्वास्थ्य विषय ऐक्षिक होइन अनिवार्य बनाउनुपर्छ । हामीले शिक्षा मन्त्रालयलाई प्रस्ताव गरेको छौं । अब चाँही विद्यालय तहका सबैलाई आफ्नो शरिर जोगाउने चेतना प्राप्त हुनेगरी शिक्षा दिनुपर्छ ।’ त्यस्तै उनले स्क्रीनिङ्गको कार्यक्रमस्थानीय तहमा नै पुर्याउन सक्यो भने मात्रै ५० लाखको स्क्रीनिङ्ग हुनसक्ने पनि धारणा राखे ।

उनले भने,‘यो स्क्रीनिङ्गको कार्यक्रम पनि हामीले स्थानीय तहमा नै पुर्याउन सक्यौं भने मात्रै हामीले भनेको जस्तो ५० लाखको स्क्रीनिङ्ग हुन सक्छ । यो एउटा उदाहरणीय बन्दै छ । अब ललितपुरलाई पनि अनुरोध गर्ने छौं । नेपालका सबै महानरगर,नगरपालिका गाउँपालिका सबैलाई हामी अनुरोध गर्नेछौं । र व्यापक रुपमा विस्तार गरेर ५० लाखको यो वर्ष स्क्रीनिङ्ग गर्ने कार्यक्रम सार्थक बनाउने तर्फलाग्ने छौं ।’

उनले अहिले दिनमा चार जना महिलाको पाठेघरको क्यानसरको कारण मृत्यु भइरहेको भन्दै यो भयावह अवस्था रहेको बताए । त्यस्तै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले स्वयंमसेविका र स्वास्थ्य सेवा दिनेहरुले अरुलाई चाँही स्क्रीनिङ्ग गर्नुपर्छ भन्ने तर आफूहरुले चाँही क्रीनिङ्ग नगर्ने समस्या रहेको बताइन् । त्यस्तै उनले स्तन पाठेघर तथा सर्भाइकल क्यानसर र क्रीनिङ्ग कार्यक्रमलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाइन । उनको अनुसार आफ्नो वडामा नाम टिपाएर आफ्नो पालोको मितिमा वीर अस्पतालमा गएर जाँच गर्न सकिने छ ।

Season Khabar March 25, 2025 March 25, 2025
Previous Article सुनको मूल्य घट्दा चाँदी स्थिर
Next Article प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक शाक्यले गरे पदभार ग्रहण
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?