By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
समाचार

नेपाल बार एशोसिएशन निर्वाचन : विजय मिश्र नेतृत्वको समूह पूर्वी नेपालमा सक्रिय

Season Khabar
Share
SHARE
Ad imageAd image

धरान ११ चैत । नेपाल बार एशोसिएशनको आसन्न निर्वाचनलाई लक्षित गर्दै वरिष्ठ अधिवक्ता प्राडा विजय मिश्र नेतृत्वको लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी समूह अहिले पूर्वी नेपालमा सक्रिय रहेको छ।पहिलो दिन झापा र मोरङका कानुन व्यवसायीहरूसँग अन्तरक्रिया गरिसकेको यो समूहले दोस्रो दिनको कार्यक्रम धरान कानुन व्यवसायी क्लबबाट सुरू गरेको छ।

धरान कानुन व्यवसायी क्लबका अध्यक्ष रुद्रबहादुर न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेमराज सुवेदीले स्वागत मन्तव्य दिँदै मिश्र नेतृत्वको समूहलाई विजयी शुभकामना दिए। कार्यक्रममा वरिष्ठ अधिवक्ता शिवकुमार भण्डारीले कानुन व्यवसायीहरूका घोषणापत्रहरू धेरै देखिएको उल्लेख गर्दै मिश्र नेतृत्वको समूहले भने प्रत्यक्ष रूपमा काम गरेर देखाउने प्रतिबद्धता जनाएको बताइन्।

त्यसैगरी, कानुन परिषद्का पार्षद राजु ढकालले मिश्र नेतृत्वको समूहलाई विजयी गराउन आग्रह गर्दै न्यायालयको साख उच्च राख्ने गरी काम गर्न सुझाव दिए। महासचिव पदका उम्मेदवार वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले २५ सदस्यीय समूहको परिचय गराउँदै सबै सदस्यहरूको जिम्मेवारीबारे जानकारी गराए।कोशी प्रदेश उपाध्यक्ष पदका उम्मेदवार पदमप्रसाद लिम्बुले धरान कानुन व्यवसायी क्लबको योगदानको प्रशंसा गर्दै मिश्र नेतृत्वको समूहलाई मतदान गरी विजयी गराउन आग्रह गरे।

विजय मिश्रको प्रतिबद्धताः स्वच्छ बार, कानुनी व्यवसायीको हित

वरिष्ठ अधिवक्ता विजय मिश्रले कानुन व्यवसायीहरूको हित, बारको शुद्धता, संविधान संशोधनमा प्रभावकारी भूमिका, लर्यस एकेडेमी स्थापनालगायतका एजेन्डा अघि सारे। उनले कानुन व्यवसायीहरूको सक्षमता अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्दै सुझाव र सल्लाहका आधारमा काम गर्ने बताए। कार्यक्रमको समापन गर्दै अध्यक्ष न्यौपानेले बारको गरिमा उच्च राख्न र कानुन व्यवसायीहरूको हकहितका लागि काम गर्न आग्रह गर्दै कार्यक्रमको समापन गरे। कार्यक्रमको संचालन क्लबका सचिव बलराम राईले गरेका थिए।

Season Khabar March 24, 2025 March 24, 2025
Previous Article दर्शकसँगै राजनीतिज्ञले रुचाए ‘द्रौपदी’ : बहुपति प्रथाविरुद्धको आवाजको प्रशंसा
Next Article शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार छ : राष्ट्रपति
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?