By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
समाचार

पोखरा अन्तराष्ट्रिय उडान चैत्र ५ गतेदेखि सुरु हुँदै

Season Khabar
Share
SHARE
Ad imageAd image

पोखरा २८ । पोखरा पर्यटन परिषद्को नेतृत्वमा नेपाल स्थित चिनियाँ राजदुतावास र सिचुवान एअरलाईन्ससँगको सहकार्यमा पोखरा अन्तराष्ट्रिय उडान सुरु हुने भएको छ। बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्ष बिति सक्दा पनि नियमित अन्तराष्ट्रिय उडान हुन नसक्दा, राज्यका विभिन्न निकायहरु सहित प्रधानमन्त्री समेत लाई ध्यानाकर्षण गरिरहँदा पनि उडान सुचारु हुन नसकेको भन्दै निजी क्षेत्रका पर्यटन व्यवसायीहरुले नै केही प्रयास गरौ भन्ने उद्देश्यका साथ उक्त उडान सुरु गर्न लागेको परिषद् जानकारी दिएको हो।

यसमा विषेश गरी चीन स्थित चाईना ट्राभल इन्टरनेसनल छेन्दुले सुरुवाती उडानहरुमा सहकार्य गरिरहेको छ भने नेपालस्थित चाइनीज ओभरसिज एशोसियसनले पनि संयोजनकारी भुमिका निर्वाह गरेको छ। चैत्र ५ गते मंगलवार तदअनुसार हुने उक्त उडान विहान १०ः०० बजे १२७ चिनियाँ यात्रु लिएर पोखरा विमानस्थलमा अवतरण गर्ने छन् भने सोही दिन दिउसो १२ः०० बजे १२७ जना पर्यटन व्यवसायीहरु चाइनाको छेन्दु प्रस्थान गर्ने छन।

उक्त पहिलो व्यवसायिक चार्टर उडानमा पोखरा महानगरपालिकाका प्रमुख– श्री धनराज आचार्यज्यू, नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रमुख श्री मणिराज लामिछानेज्यू, पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक श्री गोपि वहादुर भट्टराईज्यू, पोखरा पर्यटन परिषद्का अध्यक्ष श्री तारानाथ पगारी लगायत पर्यटन संघ संस्थाका अध्यक्ष तथा कार्यसमिति र समग्र पर्यटन व्यवसायीहरुको उक्त उडानमा सहभागी हुने छन् ।

७ रात ८ दिन सम्मको उक्त कार्यक्रममा विषेश गरी सिचुवान प्रदेशको छेन्दु, लुझोउ, इमि, लिसन, छोङछिङ केन्द्रित रही त्यहाँका पर्यटनका विकास, विस्तारका बारे जानकारी लिइनेछ भने नेपाल पर्यटन वोर्डको आयोजना तथा नेपाली महाबाणिज्यदूतावास छेन्दुको सहकार्यमा छेन्दु र छोङछिङमा क्रमशः १९ तथा २२ मार्चमा नेपाल इभनिङ टाइफ सेल्स मिसन कार्यक्रमको आयोजना गरिने छ।

यो उडानले पोखरा र समग्र गण्डकी प्रदेशकै पर्यटन चलाएमान हुने आशा राखिएको छ । अवको तीन महिना सम्मको अवधिमा करिव १,२५० चिनियाँ पर्यटक चीनको सिचुवान प्रदेशबाट हवाई मार्गबाट सिधा पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गराउन प्रयासरत रहेको चिनियाँ दुतावास, सिचुवान एअरलाईन्स र चाइना ट्राभल इन्टरनेश्नल छेन्दुले जानकारी गराएका छन ।

सुरुवाती चरणमा केही व्यावसायिक चार्टर उडानबाट सुरु गरेर यसलाई व्यवसायीक उडानमा परिणत गरी नियमित अन्तर्राष्ट्रिय उडान गर्ने कार्यको लागि पोखरा पर्यटन परिषद् र समग्र पर्यटन व्यवसायीहरु निरन्तर प्रयासमा लागिरहेको छ ।

Season Khabar March 12, 2025 March 12, 2025
Previous Article ‘फ्लोरा एक्स्पो’ चैत्र १ गतेदेखि, करोड बढीको कारोबार हुने
Next Article सरकारले संविधानको व्यवस्थालाई पनि ख्याल नगरी विधेयक ल्याएको छ : सांसद पाण्डे
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?