By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
अर्थ

‘फ्लोरा एक्स्पो’ चैत्र १ गतेदेखि, करोड बढीको कारोबार हुने

Season Khabar
Share
SHARE
Ad imageAd image

काठमाडौं २६। फ्लोरिकल्चर एशोसिएसन नेपालले २६ औ संस्करणको पुष्प प्रदर्शनीको आयोजना गर्ने भएको छ।  सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी एशोसिएसनले ‘स्वच्छ वातावरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ यहि चैत्र १ देखि ४ गतेसम्म २६ औं ‘फ्लोरा एक्स्पो’ काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने जानकार दिएको हो।

फ्लोरा एक्स्पोमा व्यवसायीक स्टल तथा अफिसियलहरु सहित गरी जम्मा ८२ वटा स्टल रहने एशोसिएसनले जानकारी दिएको छ। एशोसिएसनका अनुसार मेलामा सहभागी भएका बिभिन्न पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाहरुको बिभिन्न विधाहरुमा (उत्कृष्ट स्टल, उत्कृष्ट ल्याण्डस्केपिङ्ग, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट आलंकारिक फूल्ने बिरुवा, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट कट फ्लावर (गुलाब, जरबेरा र कार्नेशन) स्वच्छ प्रतिस्पर्धा गराइनेछ।

प्रतिस्पर्धामा समावेश भएका पुष्पको विभिन्न विद्याहरुको मुल्याङ्कन बिषय विज्ञ प्राविधिकद्वारा हुनेछ। प्रतिस्पर्धामा प्रथम तथा उत्कृष्ट हुन सफल पुष्प व्यवसायीलाई मेला समुदघाटन समारोहको अवसरमा नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिनेछ। साथै सदा झंै यस बर्ष पनि विगत लामो समयदेखि निरन्तर रुपमा पुष्प व्यवसाय गरिरहेको नर्सरी व्यवसायीहरु मध्ये एक जनालाई छनौट गरि मेला समुदघाटन कै अवसरमा उक्त नर्सरीलाई कदर पत्रद्वारा सम्मान गरिने कार्यक्रम समेत रहेको आयोजले जनाएको छ।

यस पुष्प मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपुर्तिकर्ता कम्पनीहरु, व्यवसायीहरु तथा विभिन्न संघ संस्थाहरुको सहभागिता रहने छ। पुष्प मेलामा मौसमी फूल, फूल फूल्ने तथा नफूल्ने आलंकारीक बोट बिरुवाहरु, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, थोपा सिचाई प्रविधी, आधुनिक पुष्प खेती प्रबिधी, जैबिक विषादी, बिभिन्न प्रकारका गमलाहरु, पुष्प सजावटका प्रदर्शनी तथा विक्री कक्ष रहने छन्।

घर आँगन बगैंचा सजाउन, पुष्प व्यवसायबारे ज्ञान सिप हासिल गर्न चाहने व्यक्ति, संघ संस्थाहरुका लागि यस २६ औं फ्लोरा एक्स्पोले महत्वपूर्ण योगदान पु¥याउने एशोसिएसनले विश्वास लिएको छ। यस बर्ष एक्स्पोमा करिब ६० हजार अवलोकनकर्ताद्वारा अवलोकन हुने तथा एक करोड बढीको व्यवसायिक कारोबार हुने अपेक्षा आयोजकको छ।

Season Khabar March 10, 2025 March 10, 2025
Previous Article रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध रवि उच्च अदालत पुगे
Next Article पोखरा अन्तराष्ट्रिय उडान चैत्र ५ गतेदेखि सुरु हुँदै
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?