By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
ब्रेकिङ न्युजसमाचार

कुरा मात्र गरेर देश र समाजको प्रगति हुँदैन् : मन्त्री सिंह

Season Khabar
Share
SHARE
Ad imageAd image

भोजपुर २५ । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले मेहनत नै नगरि कुरा मात्रै गरेर देश र समाजको प्रगतिको चाहना पूरा गर्न नसकिने बताएका छन्।

सिद्धेश्वर माध्यमिक विद्यालयको ७७औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले प्रगतिको जनचाहना पूरा गर्न मेहनत गर्नुपर्नेमा जोड दिएका हुन् । उनले २००७ मा प्रजातन्त्र स्थापनापछि दूरदराजगका गाउँमा शिक्षको ज्योती पुगेको र छोराछोरीलाई पढाउनुपर्छ भन्ने जागरण आएको पनि बताए।

उपप्रधानमन्त्री सिंहले सफलता प्राप्त गर्नका लागि मेहनत र लगनशिलता अपरिहार्य रहेकोमा पनि जोड दिए। देशले समृद्धि र विकास हासिल गर्नका लागि होस् वा विद्यार्थीले आफ्नो लक्ष्य प्राप्त गर्न मेहनत नगरि सम्भव नहुने सिंहको भनाई छ।

‘हामीसँग भएको चीजको महत्व नबुझ्ने, अरु ठाउँमा अरु देशमा भएको कुरामा मात्रै आकर्षित हुने प्रवृत्ति बढेको छ। जे हामीसँग छ, त्यसैलाई सुधार गरेर हामी अगाडि बढ्नुपर्छ,’ उपप्रधानमन्त्री सिंहले भने ,‘मेहनत गरेको खण्डमा त हामीले केही प्रगति गर्न सकौँला। मेहनतनै नगरिकन, कुरा मात्र गरेर देश र समाजको प्रगतिको चाहना पूरा गर्न सकिँदैन।’

अहिले अवसर पाएर पढिरहेका विद्यार्थीले समाजका लागि के गर्न सक्छौं भन्ने सोच्न पनि उनले आग्रह गरे। पाठ्यक्रमको शिक्षाले आधार बनाउने भन्दै उपप्रधानमन्त्री सिंहले प्रगतिका लागि भने आफ्नो रुचीको क्षेत्रमा लगनशिलताका साथ मेहनत गरे सफलता प्राप्त हुने बताए।

उपप्रधानमन्त्री सिंहले २००५ सालमै स्थापना भएको सिद्धेश्वर माध्यमिक विद्यालयले उत्पादन गरेका विद्यार्थीहरुले समाजका विविध क्षेत्रमा योगदान गरिररहेको भन्दै विद्यालयको पूर्वाधार विकासमा आपूmले सकेको सहयोग गर्ने प्रतिवद्धता जनाउँदै विद्यालयको प्रगतिको कामना गरे।

फरक सन्दर्भमा उपप्रधानमन्त्री सिंहले अहिलेको सरकारले देशको समग्र विकासक्रम विधिसम्मत र  व्यवहारिक रुपमा अघि बढाइरहेको बताए। यो सरकार राजनीतिक स्थिरताको जगमा विकास निर्माणका कार्यहरु गर्नका बनेको पनि प्रष्ट पारे ।

सिद्धेश्वर माध्यमिक विद्यालयले आज स्थापनाको ७७औं वार्षिेकोत्सव मनाएको हो । कार्यक्रममा सिंहसँगै नेपाली कांग्रेसका कोषाध्यक्ष, प्रतिनिधिसभा सदस्य उमेश श्रेष्ठ पनि सहभागि थिए।

Season Khabar March 9, 2025 March 9, 2025
Previous Article बतास ट्रयाक्टर्सले गर्यो हाइड्रो सेगमेन्टका ग्राहक केन्द्रित सम्मेलन
Next Article शहीद स्मारक ‘बी’ डिभिजन लिग आजदेखि,  उद्घाटन खेलमा च्यासल र वीरगञ्ज भिड्दै
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?