By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
अन्य

काठमाडौं महानगरले सुलभ औषधि पसलको नयाँ योजना अघि सार्ने

Season Khabar
Share
SHARE
Ad imageAd image

काठमाडौँ २३। सुलभ फार्मेसीअन्तर्गत विक्री गरिने औषधिको प्रकार र मात्रा अध्ययन हुने भएको छ । बिहीबार महानगरपालिकाका उपप्रमुख एवं सुलभ औषधि पसल सञ्चालन व्यवस्थापन समितिको बैठकले, बबरमहलस्थित हाल वडा कार्यालय सञ्चालन भइरहेको भवनमा सुलभ फार्मेसी सञ्चालन गर्ने, केन्द्रीय फार्मेसी सञ्चालनका लागि स्थान उपलब्धताका विषयमा छलफल चलाउने, फार्मेसीका लागि आवश्यक पर्ने औषधिको प्रकार र मात्रा अध्ययन गर्ने निर्णय गरेको हो।

आधारभूत स्वास्थ्य सेवाअन्तर्गत निःशुल्क औषधि, स्वास्थ्य बिमाअन्तर्गतको औषधि र बिमामा आवद्ध नभएका नागरिकहरुका लागि सर्वसुलभ औषधि तथा औषधिजन्य सामग्रीहरु जेनेरिक फार्मेसीको अभ्यासअनुसार उपलब्ध गराउनु सुलभ फार्मेसी सञ्चालनको उद्देश्य हो । औषधिको ब्राण्ड नामका आधारमा नभइ औषधिमा भएका तत्वका आधारमा विरामीलाई औषधि प्रदान गर्ने प्रणाली जेनेरिक फार्मेसी हो।

यसलाई व्यवस्थापन गर्न महानगरपालिकाले २०८१ सालमा फार्मेसी सञ्चालन तथा नियमन सम्बन्धी निर्देशिका जारी गरेको छ। यही निर्देशिकाअनुसार महानगरपालिकाले औषधि पसलहरुको नियमन गर्न सकिन्छ। महानगरपालिका मातहतमा भएका र अन्य फार्मेसीहरुको सञ्चालन व्यवस्थापन गर्न गराउन उपप्रमुखको सुनिता डंगोलको संयोजकत्वमा चार सदस्यीय समिति गठन भएको छ।

प्रमुख प्रशासकीय अधिकृत र फार्मेसी विज्ञमध्येबाट प्रमुखले मनोनयन गरेको विज्ञ सदस्य छन् भने स्वास्थ्य विभागको प्रमुख सदस्य सचिव हुन्। बैठकमा नार्कोटिक, एन्टिवायोटिक, हर्मोनिक जस्ता डाक्टरको प्रेस्क्रिप्सनबाट मात्र दिन सकिने र ओटिसी (ओभर द काउन्टर) औषधि प्रदान गर्न डाक्टरको प्रेस्क्रिप्सन नचाहिने औषधिको सम्भावित मागका विषयमा छालफल भएको थियो।

महानगरपालिकाले एउटा केन्द्रीय फार्मेसी र अन्य विभिन्न ५ ठाउँमा फार्मेसी सञ्चालन गर्ने लक्ष्य लिएको छ। उत्पादकदेखि उपभोक्तासम्म सुपर थोक विक्रेता, थोक विक्रेता, खुद्रा विक्रेताको कमिसन, कतिपय औषधिमा दिइनेछ बोनस जस्ता तहका कारण औषधिको मुल्य चर्को भएको उपभोक्ताहरुको गुनासो सुनुवाई गर्दै महानगरपालिकाले सुलभ फार्मेसी सञ्चालन गर्न लागेको उपप्रमुख डंगोलको भनाइ छ।

सुलभ फार्मेसी सञ्चालनले सर्वसाधारणलाई उपचारात्मक स्वास्थ्य सेवामा ठुलो राहत हुनेछ। छलफलमा शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले, महानगरको जनघनत्व र भूगोलको क्षेत्रफल समेतलाई ध्यानमा राखेर थप ५ वटा स्थानमा सुलभ फार्मेसी खोल्ने योजना रहेको र  हालका लागि यो नमूना कार्यक्रमका रुपमा को सञ्चालन गर्न लागिएको बताए।

’यसबाट प्राप्त हुने अनुभव, सिकाइ र पृष्ठपोषनका आधारमा थप स्थानहरुमा सुधार गर्दै बिस्तार गर्ने योजना रहेको छ,’महर्जनले योजना सनाए। यसरी सञ्चालन हुने फार्मेसीबाट प्रेष्क्राइभर (औषधि लेखिदिने डाक्टर) प्रभावमा पार्ने जोखिम सकिन्छ । यसो हुनु भनेको स्वार्थ प्रेरित औषधि दिने क्रम सकिनु हो । यसले औषधिको गुणस्तर र मूल्य सुनिश्चित हुन्छ ।

छलफलमा निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपाने, प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्ले, फार्मेसी विज्ञ डा. सतिश देव, स्वास्थ्य सल्लाहकार डा. मनेनप्रसाद गोर्खाली, सचिवालय सदस्य सुदीप ढकालसहित विभागका अधिकारीहरु सहभागी थिए । त्यस क्रममा सहरी योजना आयोगका इञ्जिनियर र आर्किटेक्टहरुले फार्मेसीको ड्रइङ् डिजाइन प्रस्ताव पेश गरेका थिए।

Season Khabar March 7, 2025 March 7, 2025
Previous Article ‘एमजी एस फाइभ’ ईभी सार्वजनिक
Next Article बतास ट्रयाक्टर्सले गर्यो हाइड्रो सेगमेन्टका ग्राहक केन्द्रित सम्मेलन
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?