By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
अन्तर्राष्ट्रियसमाचार

परराष्ट्र मन्त्रालयमा एनआरएनएको उच्चस्तरीय समिति बैठक

Season Khabar
Share
SHARE
Ad imageAd image

काठमाडौ २३ । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए)को उच्चस्तरीय समितिलाई छलफलमा बोलाएको छ। मन्त्रालयले शुक्रबारका लागि बैठकको मिति तोकेर छलफलमा बोलाएको समितिका संयोजक शेष घलेले जानकारी दिए ।

एनआरएनएको विवादको सन्दर्भमा गत चैत २१ गते भएको फैसलाअनुसार एकता महाधिवेशनमा समिति जुटिरहेको बेला बैठकमा बोलाइएको हो । उक्त फैसलाको बुँदा नम्बर ३९ को प्रकरण ‘ज’मा उल्लेख भएबमोजिमको समन्वय र सहजिकरण प्रयोजनार्थ परराष्ट्रमन्त्री आरजु राणाले बैठक बोलाएको बताइएको छ।

बैठक अपरान्ह १ बजे मन्त्रीको सचिवालयको बैठक हलमा बस्ने तय भएको छ। बैठकमा समितिका संयोजक घलेसहित सदस्यहरु डा.उपेन्द्र महतो, जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, राम प्रताप थापा, कुमारप्रसाद पन्त, बिनोद कुंवर, उमेश कुमार पुडासैनी, जानकी गुरूङ्ग, कुल आचार्य, बद्री केसी र रविना थापालाई बोलाइएको छ।

गत चैत २१ मा सर्वोच्चको फैसलापछि घलेले आगामी मेमा एकताको महाधिवेशन घोषणा गरेर कामकारबाही अघि बढाइसकेका छन्।  यता बद्री केसीले भने घलेले एकताको महाधिवेशन गराउन नसक्ने जिकिर गर्दै आएका छन्। यस्तो विवाद चलिरहेकै बेला एक साताअघि  सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले सचिवालय हस्तान्तरण गर्न दोस्रोपटक एनआरएनएलाई पत्राचार गरेको थियो। तर केसीले कार्यालय अझै हस्तान्तरण गर्न मानेका छैनन।

तर परराष्ट्रले  फैसला कार्यान्वयन निर्देशनालयको पत्रपछि एकताको महाधिवेशन गराउन प्रतिनिधि पनि तोकिसकेको छ । यस्तो अवस्थामा परराष्ट्रले बोलाएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ। उक्त बैठकमा महान्यायाधिवक्ता रमेश बडालले आवश्यक ब्रिफिङ गर्ने बताइएको छ।

Season Khabar March 7, 2025 March 7, 2025
Previous Article महिला चलचित्र महोत्सव’ सम्पन्न
Next Article आधुनिक भन्सार प्रशासनको लागि दक्ष जनशक्तिको आवश्यक : महानिर्देशक भट्टराई
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213748
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?