By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
राजनीतिसमाचार

आधुनिक भन्सार प्रशासनको लागि दक्ष जनशक्तिको आवश्यक : महानिर्देशक भट्टराई

Season Khabar
Share
SHARE
Ad imageAd image

काठमाडौं २३ । अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि दफावार छलफल भएको छ। शुक्रबार प्रतिनिधिसभा अन्तरगत अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि दफावार छलफल भएको हो।

छलफलमा भाग लिँदै भन्सार विभागका महानिर्देशक महेश भट्टराईले दक्ष जनशक्ति, आधुनिक प्रविधि र इन्टेलिजेन्स तीन तत्वहरुबाट मात्रै आधुनिक भन्सार प्रशासन चल्न सक्ने भन्दै यसको लागि जनशक्तिको क्षमता विकास गर्नुपर्ने आवश्यक रहेको बताए । भन्सार प्रशासनलाई आधुनिक बनाउन निरन्तर लागि परेको पनि उनले बताए।

उनले भने,‘ अबको आधुनिक भन्सार प्रशासन भनेको दक्ष जनशक्ति, आधुनिक प्रविधि र इन्टेलिजेन्स यी तीन तत्वहरुबाट मात्रै आधुनिक भन्सार प्रशासन चल्न सक्छ यसको लागि जनशक्तिको क्षमता विकास गर्नुपर्ने छ । आधुनिक प्रविधिको स्थापना र प्रयोग गर्नुपर्ने छ । यसको लागि हामी निरन्तर लागेको छौं।’

त्यस्तै उनले नेपालको प्रयोजनको लागि सरकारका ल्याबहरुलाई नै मान्यता दिएको पनि जानकारी गराए। उनले भने,‘आयात हुने वस्तुको गुणस्तर परीक्षण गर्नको लागि भन्सार विभागमा एउटा ल्याब छ। प्रमुख भन्सार नाकाहरुमा पनि सानो ल्याब छ। नेपालको प्रयोजनको लागि सरकारका ल्याबहरुलाई हामीले मान्यता दिएका छौं । यी ल्याबले प्रमाणित गरेको चीजहरुलाई हामी आयात गर्न अनुमति दिन्छौ।’

त्यस्तै कानुन मन्त्रालयका सह सचिव होमबहार केसीले भन्सार परिसरभित्र नै सबै सुविधा उपलब्ध गराउने कुरामा राज्यले लगानी गरेर प्रयोगशाला खोल्नलाई कुनै समस्या नरहेको बताए।

उनले भने,‘भन्सार परिसरभित्र नै सबै सुविधा उपलब्ध गराउने कुरामा राज्यले लगानी गरेर प्रयोगशाला खोल्नलाई कुनै समस्या छैन्।’

Season Khabar March 7, 2025 March 7, 2025
Previous Article परराष्ट्र मन्त्रालयमा एनआरएनएको उच्चस्तरीय समिति बैठक
Next Article दोलखामा भीमबहादुर तामाङ स्मृति कप भलिबल प्रतियोगिता हुने, पहिलो हुनेले ४ लाख पुरस्कार पाउने
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213748
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?