By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
खेलकुद

क्लब विश्वकपको पुरस्कार राशि एक अर्ब डलर

Season Khabar
Share
SHARE
Ad imageAd image

काठमाडौं २२। फिफाले अमेरिकामा आयोजना हुने पुरुष क्लब विश्वकपमा प्रतिस्पर्धा गर्ने ३२ टिमलाई कुल एक अर्ब डलर पुरस्कार राशि दिने घोषणा गरेको छ।

यो बहुप्रतीक्षित घोषणा प्रतियोगिताको पहिलो खेल मियामीमा सुरु हुनुभन्दा तीन महिना अघि गरिएको हो।

रियल मड्रिड, म्यानचेस्टर सिटी, बायर्न म्युनिख र पेरिस सेन्ट जर्मेन (पिएसजी) सहित युरोपका १२ ठूला क्लबले फिफासँग यस प्रतियोगिताबाट १० लाख डलर आम्दानी हुने सुनिश्चितताको माग गर्दै आएका थिए।

फिफाले पुरस्कार राशि वितरणको कुनै निश्चित फारमुला खुलाएको छैन। फिफाका अनुसार प्रतियोगिताबाट कुल दुई अर्ब डलर आम्दानी हुनेछ।

यसमा सोलिडारिटी फन्डिङसमेत समावेश हुनेछ, जसबाट छनोट नभएका क्लबहरूलाई पनि आर्थिक लाभ मिल्नेछ।
फिफाको २०२४ को वित्तीय प्रतिवेदनअनुसार १२ अमेरिकी सहरमा ६३ खेल खेलिने क्लब विश्वकपमा टिकट र आतिथ्य सेवाबाट मात्र ५० करोड डलर आम्दानी हुने अपेक्षा गरिएको छ।

चार सिजनको दौरान महादेशीय क्लब प्रतियोगितामा उपाधि जितेर वा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै क्लबहरू क्लब विश्वकपमा छनोट भएका हुन्। फिफाले आयोजक राष्ट्रको प्रतिनिधित्व गर्ने रूपमा लिओनल मेसीको क्लब इन्टर मियामीलाई आमन्त्रण गरेको छ।

यो क्लबले मेजर लिग सकर (एमएलएस) मा नियमित सिजनमा उत्कृष्ट प्रदर्शन गरेको कारण यो अवसर प्राप्त गरेको हो। फिफाले २०२४ मा अध्यक्ष जियानी इनफान्टिनोको आधारभूत तलब २.९२ मिलियन डलर भएको जनाएको छ। यो रकम २०२३ को तुलनामा एक लाख ५७ हजार डलर बढी हो।

इनफान्टिनोलाई १.८५ मिलियन डलर बोनस दिइएको छ, जसले गर्दा उनको कुल वार्षिक आम्दानी ४.७७ मिलियन डलर पुगेको छ। फिफाले २०१६ मा इनफान्टिनो अध्यक्ष बनेपछि पारदर्शिता सुधारका लागि तलब विवरण सार्वजनिक गर्न थालेको हो।

Season Khabar March 6, 2025 March 6, 2025
Previous Article काठमाडौं महानगरलाई मन्त्रालयको पत्र : गुरागाईंलाई काम गर्न दिनुहोला
Next Article डा.अमरेशकुमारले भने : स्वास्थ्यमन्त्री पौडेललाई तुरुन्त बर्खास्त गर्नुहोस
Ad imageAd image

ताजा खबर

प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज
काठमाडौं महानगरले स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गर्ने
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213715
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?