By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
खेलकुदमनोरन्जन

राईनोलाई हराउँदै प्लानिङ ब्वाईज सेमिफाइनलमा

Season Khabar
Share
SHARE
Ad imageAd image

बाँके २० । बाँकेको कोहलपुरमा जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा प्लानिङ ब्वाईज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनल प्रवेश गरेको छ। प्रतियोगिताको तेस्रो दिन सोमबार कोहलपुर–२ स्थित तेह्र विगाह खेल मैदानमा भएको खेलमा राईनो फुटबल क्लब गण्डकीलाई २–० गोल अन्तरले हराउँदै प्लानिङ ब्वाईजले अन्तिम चारमा स्थान पक्का गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै टोलीले गोलका लागि थुप्रै प्रयास गरेपनि सफल हुन सकेनन्। दोस्रो हाफको ४७औँ मिनेटमा गोल गर्दै प्लानिङ ब्वाईज युनाइटेड क्लबका जर्सी नम्बर २८ का विदेशी खेलाडी एलेक्सले टिमलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा प्लानिङ ब्वाईज विपक्षी राईनो फुटबल क्लबमाथि हाबि भएको थियो। खेलको अतिरिक्त समयमा मैदान प्रवेश गरेका प्लानिङ ब्वाईजका जर्सी नम्बर १४ का नम्बर सरोज कार्कीले गोल गर्दै टोलीलाई सहज जित दिलाए।

प्लानिङका एलेक्स म्यान अफ र म्याच घोषित भए । उनलाई कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी, कोहलपुर नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष डम्बर बहादुर खड्का र कोहलपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष चिन्तामणी धितालले नगद पाँच हजारसहित म्यान अफ म्याच प्रदान गरेका थिए। प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेल मंगलबार दिउँसो साढे ३ बजे अफ्रिकन घाना फुटबल क्लब र काँक्रेविहार फुटबल क्लब सुर्खेतबीच हुने प्रतियोगिताका संयोजक कर्ण बस्नेतले बताए।

कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा फागुन १७ देखि प्रतियोगितामा घाना र भारतीय सहित आठ वटा टिमको सहभागिता रहेको छ। प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रुपैयाँ र द्वितीय हुने टिमले चार लाख रुपैयाँ पुरस्कार पाउनेछन्। तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फागुन २४ गतेसम्म सञ्चालन हुनेछ।

Season Khabar March 4, 2025 March 4, 2025
Previous Article ‘वन संरक्षण सम्बन्धि नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन आवश्यक’
Next Article मानव अधिकारको रक्षा र मौलिक हकहरुको कार्यान्वयनका लागि सरकार प्रतिबद्ध छ :प्रधानमन्त्री ओली
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?