By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
अन्यसमाचार

शैक्षिक मेलामा आएका विद्यार्थी भन्छन् : यस्तो मौका सबैले पाउँदैनन्

Season Khabar
Share
SHARE
Ad imageAd image

काठमाडौं – १८ महानगरपालिकाले फागुन १६ र १७ गते राष्ट्रिय सभागृहमा काठमाडौँ शैक्षिक मेला आयोजना गर्यो। मेलामा विद्यार्थीहरुले नृत्य, अभिनय, नाट्य, संवादका माध्यमबाट नविनतम सिकाइ गतिविधि प्रदर्शन गरेका थिए । बुक फ्री फ्राइडेअन्तर्गतका ३५ वटा शैक्षिक उपसमूहका स्टलमार्फत रुचि र नतिजा प्रदर्शन गरे।

शारदा माध्यमिक विद्यालयका कक्षा नौ (९)मा अध्ययनरत विद्यार्थी समिर भट्ट पनि आफ्नो कला देखाउन पाउँदा दंग भए। सैद्धान्तिक ज्ञान मात्र लिएका उनले शैक्षिक मेलामा प्रयोगात्मक रुपमा देखाउन पाउँदा खुसी लागेको बताए।

उनले भने,‘मेला एकदमै रमाइलो लाग्यो । सबैलाई आर्ट एण्ड क्रिएचर बारेमा बताउदा रमाइलो लाग्यो। नाच र गीत हेर्न पाइयो। सबै स्टलमा पुगेर सोध्ने–बुझ्ने गर्दा धेरै कुरा सिक्न पाइएको छ । मैंले पनि भित्तेचित्र अर्थात म्यूरल आर्टका बारेमा बुझाउने मौका पाएँ । मैंले स्टलमा आउने मानिसहरुलाई आर्टको बारेमा जानकारी दिने काम पनि गरे।’

यस्तै, रत्न राज्य माध्यमिक विद्यालयकी विद्यार्थी विनिस्का कोइरालाले पनि प्रदर्शनीमा सहभागि हुन पाउँदाको अनुभव सुनाइन्।

उनले अवलोकनकर्ताहरुले थप प्रोत्साहन गरेको भन्दै खुसी भइन्। उनले आफूले जानेको कलालाई देखाउन र मानिसहरुसँग अन्तरक्रिया गर्न पाएकोलाई ठुलो उपलव्धिका रुपमा लिएको पनि बताइन्।

उनी भन्छिन्,‘हामीले शैक्षिक मेलामा कार्पेटिङ तथा उठकार्भेटको स्टल राख्यौं । आफुले जानेको कुरा देखाउन पाउँदा एकदमै खुसी लागेको छ। स्टलमा राखेको कुरामा मानिसहरुले जिज्ञासा राख्दा राम्रो लाग्छ। आफुले जानेको कुराहरु अवलोकल गर्न आउने मानिसहरुले पनि राम्ररी सुनिदिनुभएको छ । हामीले मानिसहरुसँग अन्तरक्रिया गर्न पायौं । यस्तो अवसर सबैले पाउदैनन्। आफुले जानेको कुरा अरुलाई भन्न पाउनु पनि ठूलै उपलव्धि हो।’

महानगरपालिकाले विद्यालयहरुमा शैक्षिक नतिजा सुधार तथा शैक्षिक वातावरणका लागि थालेका कार्यक्रमहरुबाट विद्यार्थीहरुमा परेको प्रभाव, यसबाट उनीहरुले सिकेका ज्ञान र सीपहरुको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गरेको थियो।

प्रदर्शनी तथा प्रस्तुतिमा विद्यार्थीहरुले नृत्य, अभिनय, नाट्य, संवादका माध्यमबाट नविनतम सिकाइ गतिविधि प्रदर्शन गरेका थिए । बुक फ्री फ्राइडेअन्तर्गतका ३५ वटा शैक्षिक उपसमूहका स्टलमार्फत रुचि र नतिजा प्रदर्शित भएका थिए।

यस्तै नेपाल भाषाको सिकाइ विधि, मौलिक संस्कृति, भेषभूषा झल्काउने प्रदर्शनी, मौलिक बादन तथा गायन प्रस्तुति देखाइएको थियो । मेलामा विद्यार्थी नमूना संसद अभ्यास मेलाको प्रमुख आकर्षण बन्यो।

Season Khabar March 2, 2025 March 2, 2025
Previous Article प्रधानमन्त्री केपी ओली कप को समापनमा चर्चित कलाकारहरुले प्रस्तुति दिने
Next Article गृह संयन्त्रहरू निष्पक्ष रूपमा परिचालन : गृहमन्त्री लेखक
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?