By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
अन्तर्राष्ट्रियसमाचार

कागजातविहीन १ हजार ३५६ नेपालीहरू देशनिकालाको जोखिममा

Season Khabar
Share
SHARE
Ad imageAd image

काठमाडौं – १८ : अमेरिकाले नेपाल पठाउनुपर्ने केही कागजातविहीन नेपालीहरूलाई पानामा पठाएको छ । नेपालीसहित कागजात(विहीन आप्रवासी कामदारलाई ट्रम्प प्रशासनले किन उनीहरूको उत्पत्तिको देशको सट्टा तेस्रो देशहरूमा पठाउँदै छ ? पानामा र कोस्टारिकाले  ट्रम्प प्रशासनले पठाउने तेस्रो देशका निर्वासितहरूलाई स्वीकार गरिरहेका छन् ? भन्ने गम्भीर प्रश्न अन्तर्राष्ट्रिय क्षेत्रमा उठेको अन्तर्राष्ट्रिय संचार माध्यम अल जजिराले उल्लेख गरेको छ ।

अमेरिकाले उडान संख्या र पानामा पठाएका नेपालीसहितका आप्रवासीहरूको संख्याका बारेमा आधिकारिक विवरण सार्वजनिक गरेको छैन । तर, समाचारमा २० फेब्रुअरीमा नेपालसहित इरान, भारत, श्रीलंका, पाकिस्तानका नागरिक पानामा अवतरण गराइएको र त्यसअघि १३ फेब्रुअरीमा अफगानिस्तान, चीन, उज्वेकिस्तान र रुसका बालबालिकासहित कम्तीमा १३५ जना कोस्टारिकाको राजधानी सान जोसे पुगेका उल्लेख छ ।

युनिभर्सिटी अफ क्यालिफोर्निया वासिंगटन सेन्टरका कार्यकारी निर्देशक तान्या गोलास–बोजा आप्रवासीहरूलाई तेस्रो देशमा किन पठाइन्छ ? भन्नेबारे आधिकारिक स्पष्टीकरण नदेखेको भए पनि अमेरिकी बन्दीगृह ‘डिटेन्सन सेन्टरहरू’ भरिएकाले त्यसो गरेको हुनसक्ने अनुमान लगाउँछिन् ।

हाल अमेरिकी अध्यागमन र भन्सार प्रवर्तन आईसीई को हिरासतमा ३८ हजार ५२१ जनाा राख्न सकिने भए पनि पक्राउ गरिएका ४२ हजार आप्रवासी राखिएको सीबीएस न्युजले उल्लेख गरेको छ ।

अमेरिकी कानुनअनुसार १ पटक अमेरिकी माटो छाडेपछि उनीहरूले अमेरिकामा पाएका सबै अधिकारहरू गुमाउँछन् । तेस्रो देशमा पठाइएका निर्वासितहरूलाई अमेरिकी कानुनअन्तर्गत सुरक्षा प्रदान गरिँदैन । पानामा र होन्डुरसले ट्रम्प प्रशासनलाई खुसी बनाउन आप्रवासीहरूको अन्तर्राष्ट्रिय कानुनविपरीत व्यवहार गरेको शरणार्थी मामिलासम्बन्धी अन्तर्राष्ट्रिय कानुनविद्हरूले टिप्पणी गरेका छन् ।

अमेरिकी नागरिक अधिकारका लागि गैरनाफामूलक संस्था, अमेरिकन सिभिल लिबर्टिज युनियनलगायत आप्रवासी समर्थक अधिकार समूहहरूले तेस्रो देश पठाउने योजनालाई लिएर ट्रम्पविरुद्ध अघिल्लो कार्यकालमा नै मुद्दा हालेका थिए । मुद्दाको समाधान हुनुअघि नै ट्रम्पको पहिलो कार्यकाल समाप्त भई जो बाइडेन प्रशासनले सरकारको नीतिहरू परिवर्तन गरेपछि मुद्दा रोकिएको थियो ।

पानामा र कोस्टारिका जस्ता मध्यअमेरिकी देशहरू ट्रम्पको राजनीतिक र आर्थिक दबाबमा विदेशी निर्वासितहरूलाई लिन सहमत भएको कतिपय विश्लेषकहरूको भनाइ छ । मध्यअमेरिकी राष्ट्र बोगोटाले गत महिना कोलम्बियाका निर्वासितहरूलाई बोकेका २ अमेरिकी सैन्य विमान अवतरण गर्न दिन अस्वीकार गरेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले सबै कोलम्बियाली सामानहरूमा २५ प्रतिशत शुल्क लगाउने धम्की दिएका थिए ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले सुरुमा प्रतिशोधात्मक ट्यारिफको धम्की दिएर प्रतिक्रिया दिए तर अन्ततः पछि हटेर निर्वासन उडानहरू स्वीकार गर्न सहमत भएका थिए । 

अमेरिकामा नेपालीको समस्या पनि ठूलै छ । शरणार्थी मान्यताका लागि दर्ता भएका झन्डै १५ हजार आवेदन विचाराधीन रहेका बताइएको छ । निवर्तमान राष्ट्रपति जो बाइडेनको कार्यकालको अन्तिम र वर्तमान राष्ट्रपति ट्रम्पको प्रशासन सुरु भएपछिको अवस्थामा अमेरिकाको अध्यागमन अदालतले नेपालीका झन्डै ६० प्रतिशत निवेदन स्वीकार गरी शरणार्थी मान्यता दिएका छन् । त्यसरी शरणार्थी मान्यता पाउनेहरू ट्रम्प प्रशासनको देश निकाल्ने कारबाहीबाट मुक्त रहने बताइएको छ । 

शरणार्थी मान्यता अस्वीकृत गर्ने हालको दर कायम रहे कम्तीमा ६ हजार नेपालीले अमेरिकाबाट देशनिकालाको सामना गर्नुपर्ने अनुमान छ । शरणार्थी मान्यताका लागि दर्ता भएका सबै उजुरी टुंगोमा नपुगेको हालको अवस्थामा १ हजार ३५६ जना नेपालीहरु देशनिकालाको जोखिममा रहेका बताइएको छ ।

Season Khabar March 2, 2025 March 2, 2025
Previous Article गृह संयन्त्रहरू निष्पक्ष रूपमा परिचालन : गृहमन्त्री लेखक
Next Article नेप्सेमा उच्च अंकको वृद्धि, उपसूचकबाहेक सबै हरियो
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213959
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?