By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
सामाजिक

१५ दिनभित्र कर्मचारीको तलब दिलाउने मेयर खातुनको प्रतिवद्धता

aagaman
Share
SHARE
Ad imageAd image

रौतहट, १ बैशाख। रौतहटको फतुवा बिजयपुर नगरपालिकाकी मेयर अम्बेया खातुनले कर्मचारीको बक्यौता तलब १५ दिनभित्र उपलब्ध गराउने फेरी प्रतिवद्धता जनाएकी छिन्।

खातुनको प्रतिवद्धता पछी दुईसाता अघी कर्मचारीले लगाएको ताला शुक्रवार दुईपक्षीय सहमती हुँदा खुल्ला गरिएको छ।

ईलाका प्रहरी कार्यालय बिजयपुर लक्षमिनियाको प्राङ्गणमा शुक्रवार जनप्रतिनिधि र कर्मचारीको संयुक्त बैठकमा कार्यवाहक मेयर अम्बेया खातुनले १५ दिनभित्र सम्पूर्ण कर्मचारीको तलब निकासा गराउने प्रतिवद्धता जनाएपछि सहमती भएको थियो।
आजको मितिले १५ दिनभित्र नगरभरिका सम्पूर्ण कर्मचारीको तलब निकासा गराउने मेयर खातुनले प्रतिवद्धता जनाए लगत्तै कर्मचारीले नगरपालिकाको साँचो मेयरका श्रीमान महमद सेराजको जिम्मा लगाएका थिए। महमद सेराजले शुक्रवार साँझ कर्मचारी र प्रहरीको रोहवरमा फतुवा विजयपुर नगरपालिकाको ताला खुला गरेको प्रहरीले जनाएको छ।

दुईपक्षीय बैठकमा मेयर अम्बेया खातुन, प्रमुख प्रशासकीय अधिकृत वकील पाल, ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख इन्स्पेक्टर बिजय कार्की, नगर स्वास्थ संयोजक प्रमोद गुप्ता लगायतको सहभागिता रहेको थियो। जनप्रतिनिधि बिच आपसी विवादको कारण यस आर्थिक वर्षको साउन देखि हालसम्म तलब पाउन नसकेका कर्मचारीहरुले दुईसाता अघी फतुवा बिजयपुर नगरपालिकामा तालाबन्दी गरेर साँचो सिडियो हिरालाल रेग्मीको हातमा बुझाएका थिए।

यस अघिका प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानको फतुवा बिजयपुर बाट सरुवा भएसंगै नया अधिकृत पाल र मेयर खातुन चारदिन अघी नगरपालिकाको साँचो सिडियो रेग्मीको हातबाट बुझेका थिए। फतुवा विजयपुरमा जनप्रतिनिधि बिच बजेटको भागबण्डा नमिलेको कारण सम्पूर्ण आर्थिक कारोवार बन्द भएर त्यहाँको शिक्षक कर्मचारी गरी ३५० जनाले साउन देखि हालसम्म तलब पाएका छैनन्।

तलबको माग गर्दै पटकपटक आन्दोलन गर्दै आएका शिक्षकहरूको तलब होलिपर्व लगत्तै उपलब्ध गराउने प्रदेश सांसद तथा नेपाली कांग्रेस रौतहटका सभापती सुनिल कुमार यादव ९ जितेन्द्र० को पहलमा सहमती भएको थियो।

तर उक्त सहमती हालसम्म कार्वान्यान भएको छैन। यस अघिका प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधान र वडा अध्यक्षहरुको मिलोमतोमा वडाको विकासको सिलिङ बढाएको भन्दै मेयर खातुनले कोलेनिकामा सहमती नगर्दा शिक्षक कर्मचारीको तलब हालसम्म निकासा भएको छैन।

मेयर खातुनको पहलमा केहीदिन अघिमात्र प्रमुख प्रशासकीय अधिकृत प्रधानको स्थानमा वकील पाल लाई ल्याईएको छ। उता फतुवा बिजयपुरका वडा अध्यक्षहरु आरोपको खण्डन गर्दै मेयर खातुनकै कारण नगरको अवस्था दयनिय भएको दाबी गर्दै आएका छन्।

नेपाली कांग्रेसको टिकट बाट निर्वाचित फतुवा विजयपुरको तत्कालीन मेयर गोपाल राय यादव लालबकैया नदीको टेण्डरमा अख्तियार द्वारा दोषी ठहर भएर गत वर्ष पद गुमाएपछि कांग्रेस कै निर्वाचित उपमेयर अम्बेया खातुन कार्यवाहीको जिम्मेवारी पाएकी थिइन्।

aagaman April 13, 2024 April 13, 2024
Previous Article ११ लाख भन्दाबढी रुपैया सहित गौरबाट एकजना पक्राउ
Next Article जोखिमलाई व्यवस्थापन गर्ने स्मार्ट उपाय
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?