By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
ब्रेकिङ न्युजराजनीति

एमाले बाराको ११औं जिल्ला अधिवेशन अध्यक्षमा चार जनाको दावी

aagaman
Share
SHARE
Ad imageAd image

बारा, १८ चैत । नेकपा एमाले बाराको ११औं जिल्ला अधिवेशन भोली चैत १९ गते सोमबारदेखि सुरु हुँदै छ। १९ र २० चैत हुने अधिवेशनबाट नयाँ जिल्ला कमिटी बन्नेछ।

एमाले बाराको अधिवेशनको उद्घाटनसत्र होटल करण राज प्यालेसमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भएको छ भने बन्दसत्र कलैयास्थित जानकी सिनेमा हलमा हुँदै छ। अधिवेशनको खुल्ला सत्रमा एमालेले १० हजारभन्दा बढीका जनसहभागिता गराउने योजना बनाएको एमाले बारा जिल्ला अध्यक्ष विनोद साहले जानकारी दिए।

अधिवेशनका लागि जिल्लाका १६ स्थानीय तह र पेसागत संगठनहरूबाट ७ सय ३५ जना प्रतिनिधि छनोट भएर आएका छन्।

एमाले बाराको अध्यक्षमा सर्वसम्मतिले नेतृत्व चयन गर्ने नेताहरूले बताइरहँदा अध्यक्षको लागि चार जनाले आकांक्षा देखाएका छन्। अध्यक्ष पदका आकाक्षीहरुले अधिवेशनका प्रतिनिधिहरुसंग भेटघाट र मत माग्न सुरु गरिसकेकाछन्। यसअघिको अधिवेशनमा सर्वसम्मतबाट जिल्ला नेतृत्व चयन गरिएको भएपनि यसपटक भने मतदानबाट नेतृत्व चयन हुने देखिएको छ।

अध्यक्षको लागि कोल्हवी नगरपालिकाका पुर्व नगरप्रमुख भरत बहादुर भण्डारी, तिन कार्यकाल जिल्ला सचिब भएका अध्यानन्द पाण्डे, एम।समिउल्लाह र नेकपा एमाले बाराको बर्तमान उपाध्यक्ष टिना सुबेदी आकांक्षा देखाएका छन्।

अध्यक्षका आकांक्षी शालीन स्वभावका भरत बहादुर भण्डारी कोल्हवी नगरपालिकाका पुर्व नगरप्रमुख हुन्। उनी नेकपा एमाले बारा जिल्ला सचिवालय कमिटी सदस्य एवं क्षेत्रीय कमिटीका संयोजक समेत हुन्।

जिल्ला अध्यक्ष बन्ने इच्छा बनाएका अध्यानन्द पाण्डे जिल्ला कमिटी बारामा तिन पटक सचिब भईसकेका छन् भने पाण्डे जिल्ला कमिटी उपाध्यक्ष समेत थिए । उनी बाराबाट एमाले महाधिवेशन प्रतिनिधि समेत हुन भने उनी बलबिर चौधरी निकट भएको बताइएको छ।

जिल्ला अध्यक्षका अर्का आकांक्षी एम समिउल्लाह बारा जिल्ला कमिटी २०७३ मा निर्वाचित भएका थिए। उनी बाराबाट एमाले महाधिवेशन प्रतिनिधिमा छनैट भएका थिए।

एमाले बाराको २०७८ सालमा भएको अधिवेशनबाट टिना सुबेदी जिल्ला कमिटी उपाध्यक्षमा सर्वसम्मत चयन भएकी हुन्। सुबेदी प्रतिनिधि सभाका सभासद तथा नेकपा एमाले पोलिटब्युरो सदस्य अच्युत मैनालीको श्रीमति हुन्।

यसअघि सर्वसम्मतबाटनै जिल्ला नेतृत्व चयन गरिने बताएतापनि यसपटक भने निर्वाचनबाट नेतृत्व चयन हुने देखिन्छ। नेकपा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, अच्युत मैनाली र ज्वाला साहका कारण बारामा शक्तीको लडाई हुने देखिन्छ। नेकपा एमालेका तिन पोलिटब्युरो सदस्य रहेको बारामा आफुनिकटका व्यक्तीहरूलाई अध्यक्षमा निर्वाचित गर्न ध्याउन्न छन्।

यसअघि नेकपा एमालेको १०औँ जिल्ला अधिवेशनबाट बारा जिल्लाको अध्यक्षमा विनोद साह, उपाध्यक्षमा टीना सुवेदी, सचिवमा अध्यानन्द पाण्डेय र सह सचिवद्वयमा अमृत बजगाई र भुलन चौधरीसहित सर्वसम्मत रुपमै पदाधिकारी सहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गरिएको थियो।

aagaman March 31, 2024 March 31, 2024
Previous Article बुण्डेसलिगामा लिभरकुसेन अपराजित
Next Article नेपाली राष्ट्रिय क्रिकेट टिमले फ्रेन्डसिप कपको पहिलो खेल आज खेल्दै
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?