By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
समाचार

यामाहाको स्पेयर पार्ट शोरुममा आगलागी हुँदा ६ करोड बढीको क्षती

aagaman
Share
SHARE
Ad imageAd image

रौतहट, १३ चैत। रौतहट जिल्लाको मध्य भागमा रहेको गरुडास्थित यामाहा कम्पनीको स्पेयर पार्ट शो रुम कुशवाहा ईन्टरप्राईजेजमा गएराती भएको आगलागी बाट ६ करोडको क्षती भएको छ ।

गरुडा स्थित चिनीमिल गेट अगाडि रहेको कुशवाहा ईन्टरप्राईजेजमा राती करिब १२ बजे आगलागी भएको थियो। सोमवार रौतहटमा होली पर्व मनाईएकाले बिहानै देखि उक्त पसल बन्द गरेर सञ्चालक दिलीप कुशवाहा होली मनाउन घर गएका थिए। ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओम प्रकाश खनालका अनुसार पसल रहेको तीनतले घरबाट आगोको मुस्लो हेरेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

बिभिन्न ठाउँ बाट आएको दमकल, स्थानिय र नेपाल प्रहरी सशस्त्र प्रहरीको सक्रियतामा आज बिहान पौने तीनबजे आगलागी नियन्त्रणमा लिएको डिएसपी खनालले जानकारी दिएका छन। पीडित सञ्चालक सञ्चालक दिलीप कुशवाहाका अनुसार सोरुममा रिपेयर गरी राखेको डेढ दर्जन मोटरसाईकल, ठूलो परिमाणमा यामाहा कम्पनीको सपेयर पार्ट्स पूर्ण रुपमा जलेर नष्ट भएको छ।

आगलागी बाट घरको नुकसानी समेत गरी ६ करोड भन्दा बढीको क्षती भएको पीडित कुशवाहाले बताएका छन। सोही घरमा रहेको यामाहा मोटरसाईकलको शोरुम केहीदिन अघि मात्र अन्यत्र सारिएको थियो। डिएसपी खनालले जिल्लामै सब भन्दा ठूलो स्पेयर पार्टको शोरुम उक्त पसलनै रहेको थियो।

आगलागीको कारण खुल्न नसकेपनि विद्युत सर्ट भएर हुनसक्ने प्रहरीको अनुमान छ। घटना बारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

aagaman March 26, 2024 March 26, 2024
Previous Article ललितपुर हत्या काण्ड : दुई युवाको हत्यामा संलग्न चार जना सार्बजनिक
Next Article पर्यटनको केन्द्र बन्दै पुरन्धरा झरना
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213740
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?