By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
खेलकुद

गौचनद्धारा बुवाको सम्झनामा छैठौं राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्दै

aagaman
Share
SHARE
Ad imageAd image

भैरहवा, ९ चैत । पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्तिप्रसाद गौचनले छैठौं संस्करणको खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१९ क्रिकेट प्रतियोगिता शनिबारबाट आयोजना गर्देछन ।

क्रिकेटर गौचनले स्व। बुवा ख्डगप्रसाद गौचनको सम्झनामा चैत्र १० गतेदेखि २० गतेसम्म स्टार क्रिकेट एकेडेमीको आयोजना तथा क्रिकेट एशोसिएशन अफ रुपन्देहीको सहकार्यमा प्रतियोगिता गर्न लागेको हो ।

स्टार क्रिकेट एकेडमीका प्रबन्ध निर्देशक एबं प्रशिक्षक समेत रहेका गौचनले ५ संस्करणको प्रतियोगिता सम्पन्न गर्दै यस पटक नवनिर्मित अन्तराष्ट्रिय क्रिकेट मैदान एक्स्ट्रटेक ओभलमा एकेडमीकै आयोजनामा प्रतियोगिता गर्न लागेका हुन ।

‘बुवालाई पनि सम्झीरहन र क्रिकेट खेलले नयाँनयाँ खेलाडीहरु उत्पादन गर्न सहयोगसमेत पुग्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्दै आएको क्रिकेटर गौचनले बताए ।

यस क्षेत्रमा जुनियर खेलाडीको अवस्था अपग्रेड गर्दै खेलाडीको प्रोत्साहन र गुणस्तरीय खेलाडी उत्पादन गर्नका लागि प्रतिस्पर्धात्मक रुपमबाट खेलमा रुची बढाउने, बैद्धिक विकास र चाडै प्रतिभाशाली भई देशको लागि योग्दान दिने भनेर पनि प्रतियोगिता आयोजना गर्दै आएको बताए ।

प्रतियोगितामा पोखरा, काठमाडौं, धनगढी र विराटनगरको एक–एक टिम र रुपन्देहीका ४ वटा टिम गरी ८ टिमको सहभागिता रहने गौचनले बताए । प्रतियोगिताको लिग चरणका खेलहरु २५ ओभर तथा सेमीफाईनल र फाईनल खेल भने ४० ओभरको खेलिने उनले बताए ।

प्रतियोगितामा विजेता टिमले ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । उपविजेताले २५ हजार र ट्रफी प्राप्त गर्ने छ भने बेष्ट ब्याट्सम्यान, बलर, उत्कृष्ट खेलाडीलाइृ पनि पुरस्कृत गरिने गौचनले जानकारी दिए । गौचनले पहिलो संस्करणमा विद्यालयस्तरीय, दोस्रोमा रुपन्देही जिल्ला स्तरीय र तेस्रो संस्करणबाट राष्ट्रिय स्तरमा आयोजना गर्दै आएका छन ।

प्रतियोगिताको समूह ए मा स्टार क्रिकेट एकेडेमी, बोस्टन क्रिकेट क्लब विराटनगर, बिएमडब्लु बेष्ट्रन क्रिकेट एकेडेमी बुटवल, मदन भण्डारी स्पोर्ट्स एकेडेमी रुपन्देही तथा समूह बि मा पल्सर सिईसि काठमाडौ, डिष्ट्रिक एशोसिएशन अफ कास्की, डिसिए धनगढी र न्यू होराईजन स्पोर्ट्स क्लब गरी आठ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

२० गतेसम्म चल्ने प्रतियोगितामा करिब ६ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको छ । राष्ट्रिय टिमबाट संन्यास लिएपछि गौचनले एकेडेमीमार्फत् नयाँ खेलाडीहरु उत्पादनमा टेवा पुर्याउँदै आएका छन् ।

aagaman March 22, 2024 March 22, 2024
Previous Article लुम्बिनी विकास कोषको आदेशलाई लत्याउँदै बिहार र गुम्बामा सयौँ पर्यटक
Next Article समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?