By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
सामाजिक

सिरहा मालपोत कार्यलय प्रमुखकै मिलोमतोमा लेखापढी व्यवसायीको ब्रहम्लुट

aagaman
Share
SHARE
Ad imageAd image

सिरहा, ८ चैत। सिरहाको मालपोत कार्यालय प्रमुखकै मिलोमतोमा लेखापढी व्यवसायीहरुले सेवाग्राहीसंग मनोमानी ढङ्गले असुली धन्दा चलाईरहेको पाइएको छ ।

जिल्लाको सदरमुकाम स्थित भुमिसुधार तथा मालपोत कार्यालयको कार्यालय प्रमुख शुधिर यादव कै मिलोमतोमा लेखापढी व्यवसायीहरुले सेवाग्राहीसंग विना रसिद मनपरी रुपमा रकम लिने गरेको पाइएको हो।

मालपोत कार्यालयका कर्मचारीहरुकै आर्थिक सेटिङमा लेखापढी व्यावसायीहरुले सेवाग्राहीसंग मालपोत कार्यालयमा हुने हरेक काममा प्रति फाईल संघको नाममा ३५ सय रुपैयाँ दस्तुर लिएपनि फाँटबाला र हाकिम मिलाउने नाममा विना रसिद रकम असुली गर्ने गरेको सेवाग्राहिहरु बताउँछन्।

मालपोत कार्यालयमा हुने जग्गा रेजिस्ट्रेसन, जग्गा रोका, फुकुवा, अंशवण्डा लगायतको कागज लेखत तथा कागजात मिलाउन र फाट खर्चको नाममा सेवाग्राहीसंग मनोमानी रकम असुल्ने गरेको गोलवजार( १० का सेवाग्राही चन्देश्वर ठाकुरले जनाएको छ।

उनले भने, ‘गत फागुन २७ गते जग्गा पास गराउँन गएको थिए। मलपोत कार्यालयको गेट मै बस्ने सत्रुधन यादवले म काम गराईदिन्छु, कार्यालयमा मेरो राम्रो चिनजान छ, भन्दै कागज तयार गर्यो। लेखापढी व्यवसायी यादवले संघमा गएर ३५ सयको रसिद कटाउन भन्यो। हामिले ३६ सय रुपैया तिरेर आएपनि केही कारण वस मैले लिएको जग्गा पास भएन। काम नभएपछि म लेखापढी व्यवसाय संघमा गए हाम्रो काम भएन अव हुदैन मेरो पैसा फिर्ता गरिदिनु भने। संघमा काम गर्ने कर्मचारीले भन्यो रसिद काटिसकेपछि रकम फिर्ता हुदैन, यो सवै रेर्कड फाँटमा गइसकेको हुन्छ।’

‘अव रकम फिर्ता गरे भने मेरो खल्तीवाट फाँटको कर्मचारी र लेखापढी व्यवसायीलाई रकम तिर्नु पर्छ। त्यसैले यो रकम फिर्ता हुदैन भन्दै मलाई फर्काइयोस ठाकुरले भने,ञ उनले थपे, ‘मेरो काम पनि भएन पैसापनि त्यतिकै डुव्यो।’

मालपोत कार्यालयमा ठाकुरजस्ता सैकडौं सेवाग्राहीहरु दैनिक यसरी नै ठगिने गरेको छ। काम भनएपनि रकम फिर्ता नहुने र काम हुनेको पनि विभिन्न नाममा अनाधिकृत रकम असुलि हुने गरेको सेवाग्राहीहरु बताउँछन्।

मालपोतमा काम गराउन अन्य कार्यालयका कर्मचारी कुनै काम गराउन जादा यो नियति भोग्न बाध्य हुने गरेको बताउँछन्।

जमिन पास गराउन पुगेका एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘मालपोत कार्यालयमा जस्तो सुकै व्यक्ति पुगेपनि त्यहाँका कर्मचारी र लेखापढी व्यवसायीहरुले रकम नलिई फाईल अगाडी नै बढाउँदैन। त्यहाँ अव म फलानो हुँ भन्न पनि लाजमर्दो अवस्था हुन्छ।’

उनले थपे, ‘राज्यले तोकेको सरकारी दस्तुर र लेखापढी व्यवसायीहरुले लिने दस्तुर तिरिसक्दा पनि अनलाइनको नाममा, रजिस्ट्रेशन फाटबालाको नाममा, प्रती कार्यालय प्रमुखको नाममा प्रतिफाईल ३ हजार देखि ५ हजार सम्म घुस दिन बाध्य बनाउने गर्छ।’

सेवाग्राहीहरुले बुझेर पनि अनबुझु झै घुस दिएर काम गराउने गरेको ती सेवाग्राहीले बताए।
हुन त देशभरीकै मालपोत कार्यालय ‘नाम ले नै बदनाम छ’ तर, सिरहा त्यसमा पनि विशेष रहेको सेवा ग्राही बताउँछन्।

यहाँ कोही सेवाग्राही आफै फाइल लिएर कार्यालय पुग्दा यो काजग पुगेन, त्यो कागज पुगेन भनेर हप्तौं फर्काउँछन्। तर, त्यहि कागज लेखापढी व्यवसायीले लगे तुरुन्तै हुने गरेको छ।
यस कार्यालयमा जग्गा पास गर्दा, रोक्का, फूकुवा, अंशवण्डाजस्ता सवै कामको छुट्टाछुट्टै रेट निर्धारण गरिएको छ। त्यसरी निर्धारण गरिएको रकम लेखापढी व्यवसायीको माध्यमबाट कार्यालयका फाटबालादेखि हाकिमसम्म पुग्ने गरेको लेखापढी व्यवसायीहरु नै बताउँछन्।

मालपोत कार्यालय एउटा यस्तो अड्डा हो जहाँ दैनिक लाखौंको कारोवार हुन्छ। दैनिक करिव ५० औं जना सेवाग्राही ठगिने गरिन्छ।
सवै नियमक निकायको अड्डा जिल्लामा हुँदा हुँदैपनि यहाँ दैनिक सेवाग्राहि ठगिने गरेको छ। यहाँको नियामक निकायको मौनताले थप आसंका उब्जेको जानकारहरु बताउँछन्।

aagaman March 21, 2024 March 21, 2024
Previous Article बजेट निर्माण चक्रका आधारभूत विषय
Next Article आज सुनको मूल्यमा भारी वृद्धि
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?