By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
राजनीति

‘दोलखाका जनताको जीवनस्तर उकास्न लाग्नेछु’

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौँ, ६ चैत । राष्ट्रियसभा सदस्य भएर देशको सेवा गर्ने अवसर भर्खरै प्राप्त भएको छ । खुसी लागेको छ । जिम्मेवारीवोध पनि भएको छ । दोलखा प्राकृतिक हिसाबले निकै सुन्दर जिल्ला हो । त्यस ठाउँको विकास गर्नुपर्ने मुख्य जिम्मेवारी छ । बागमती प्रदेशको दोलखा जिल्लाबाट प्रतिनिधित्व गर्दै राष्ट्रियसभा सदस्य पुग्न पाउँदा गर्व लागेको छ ।

प्राकृतिक र जातीय हिसाबले पनि लोपोन्मुख थामी, जिरेल, सुरेल जाति दोलखामा बासोबास गर्दछन् । उनीहरूको संस्कृतिका साथै शिक्षा, स्वास्थ्यदेखि आधारभूत आवश्यकताका बारेमा पनि ध्यान दिनुपर्ने जरुरी छ । समग्र दोलखाली जनताको जीवनस्तर उकास्न काम गर्नुपर्ने छ । दोलखाबाट निर्वाचित जनप्रतिनिधि र दोलखामा सक्रिय राजनीतिक दलहरू सबै मिलेर विकास निर्माणका काममा एकताबद्ध हुनुपर्ने जरुरी छ । बौद्धिक व्यक्तित्व र सरोकारवाला पक्षको एकमत हुन जरुरी छ ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणको चरणमा जिल्लाका राजनीतिक दलहरू एक हुँदा राम्रो सन्देश गएको म यहाँ स्मरण गर्न चाहन्छु । यो आयोजना निर्माणबाट दोलखालाई मात्र नभएर सिङ्गो नेपालको अर्थतन्त्रलाई सहयोग पुग्यो । लोडसेडिङको मारमा परेका जनतालाई उज्यालोतर्फ लैजाने काम भयो । तामाकोशी जलविद्युत् आयोजना तेस्रोलगायत यस जिल्लामा विभिन्न सुन्दर प्राकृतिक तालहरू छन् । पर्यटन क्षेत्र, कृषि उत्पादन वृद्धि गर्न सकेमा जिल्लावासीको जीवनस्तरमा सुधार आउँछ । मेरो ध्यान दोलखाली जनताको जीवनस्तर उकास्नमा हुनेछ । जनता दिगो शान्ति, सुशासन, विकास निर्माण चाहन्छन् ।

संविधान जारी भएको लामो समय बितिसक्दा पनि संविधान कार्यान्वयनका लागि आवश्यक कानुन बन्न सकेका छैनन् । यो अस्वस्थ राजनीतिक प्रतिस्पर्धा र अस्थिरताले गर्दा नै हो भन्ने मेरो बुझाइ छ । सर्वप्रथमतः राजनीतिक दलहरू नै संविधानप्रति इमान्दार हुनुपर्छ । संविधान कार्यान्वयनका सन्दर्भमा दलहरू एकै ठाउँमा उभिन सक्नुपर्छ । समयको पदचापलाई दलहरूले बुझ्न सकेमा मात्र देशको भविष्य सुन्दर हुन्छ । परिपक्वता र सामूहिकताको भावना जरुरी भइसकेको छ ।

संसद्मा विधायकको काम कानुन बनाउने भनिए पनि नेपालमा त्यो खालको परिपाटी अझै राम्रोसँग स्थापित हुनसकेको छैन । सांसद भन्नेबित्तिकै विकास गर्ने हो भन्ने जनमत छ । त्यो कुरा जनतालाई बुझाउन पनि सकिएको छैन । पहुँच भएका नेताहरूले आफ्नो गाउँ, जिल्लामा विकास निर्माणका लागि बजेट धेरै लगेको पनि देखिन्छ ।

म राष्ट्रियसभाअन्तर्गत आर्थिक व्यवस्था तथा सुशासन समितिमा आबद्ध छु । संसदीय मर्यादाको पालना गरेर आफ्ना कुराहरू राख्ने, अध्ययन गर्ने, विज्ञहरूसँग छलफल गरेर कानुन बनाउने काम गर्ने मुख्य भूमिका रहने छ । सांसदको रूपमा जति दिन काम गर्न पाउँछु, पूरै निष्ठाका साथ गर्नेछु ।

सांसद घनश्याम रिजालकोे परिचय

सांसद घनश्याम रिजाल दोलखा जिल्लाबाट नेकपा ९एमाले०का तर्फबाट राष्ट्रियसभा सदस्य हुनुहुन्छ । उहाँले गत फागुन २१ गतेबाट काम प्रारम्भ गर्नुभएको हो । बाबु धनबहादुर विश्वकर्मा र आमा रुद्रमाया विश्वकर्माको जेठो सन्तानको रुपमा विसं २०३७ पुस ८ गते जन्मिनुभएको हो । उहाँ २०४९ सालदेखि सक्रिय राजनीतिमा आबद्ध हुनुहुन्छ । तत्कालीन नेकपा (एमाले) निकट युवासङ्घको जिल्ला समिति सदस्य, उपसचिव, पार्टीको जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य रहेर काम गर्नुभयो । अहिले पार्टी उपसचिव, उपाध्यक्ष हुँदै बागमती प्रदेश कमिटी सदस्य रहनुभएको छ । नेपाल दलित मुक्ति सङ्गठनको केन्द्रीय महासचिव हुनुुहुन्छ ।

(सांसदसँग रासस संवादका लागि राष्ट्रियसभा सदस्य घनश्याम रिजालसँग राससका समाचारदाता कालिका खड्काले गर्नुभएको कुराकानीमा आधारित ।) रासस

aagaman March 19, 2024 March 19, 2024
Previous Article १० करोडमा बनेको भारतीय एउटा फिल्मले चुपचाप कमायो १०९ करोड
Next Article निसीखोला बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, २८ घाइते
Ad imageAd image

ताजा खबर

यूएईले दियो २६७ नेपाली कैदीलाई आममाफी
ब्रेकिङ न्युज
बागलुङका २९ वटा मतदानस्थल ‘अति संवेदनशील’
ब्रेकिङ न्युज
चुनावी खर्च पारदर्शी बनाउन राष्ट्र बैंकको नयाँ व्यवस्था
ब्रेकिङ न्युज
निर्वाचन आचारसंहिता लागु
ब्रेकिङ न्युज राजनीति हाइलाइटहरू

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

214793
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?