By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
अन्तर्राष्ट्रिय

सन २०५० मा अमेरिकामा इसाइको संख्या दुइ तिहाइ घटने

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौं, ३ चैत । अबको तीन दशक पछि अर्थात २०५० सम्ममा विश्वमा क्रिश्चियन र इस्लाम धर्मालम्बी बराबर हुने एउटा तथ्यांकले देखाएकोछ ।

प्यू रिसर्च सेन्टरको प्रतिवेदनमा धर्मका आधारमा सन् २०५० मा नियाको जनसङ्ख्या कति हुने हो, जसमा इस्लाम धर्मका बारेमा चकित पार्ने तथ्याङ्क बाहिर आएको छ ।

सो रिसर्चका अनुसार संसारको धार्मिक प्रोफाइल द्रुत गतिमा परिवर्तन हुँदैछ। यसको मुख्य कारण प्रजनन दर, युवा जनसङ्ख्याको आकारमा भिन्नता र मानिसले गरेको धर्म परिवर्तन रहेको बताइएको छ ।

जसअनुसार आगामी चार दशकहरूमा इसाईहरू सबैभन्दा ठूलो धार्मिक समूह रहनेछन् तर यस अवधिमा इस्लाम अन्य धर्महरूको तुलनामा तीव्र गतिमा बढ्नेछ। यदि अवस्था यस्तै रह्यो भने सन् २०५० सम्ममा विश्वभर मुस्लिमहरुको संख्या लगभग क्रिश्चियनको संख्या बराबर हुनेछ ।

संयुक्त राज्य अमेरिका र फ्रान्स जस्ता देशहरूमा नास्तिक, अज्ञेयवादी र कुनै पनि धर्मसँग सम्बद्ध नभएका मानिसहरूको संख्या बढ्दै गएको छ। तर, २०५० मा विश्वव्यापी बौद्ध जनसंख्या लगभग २०१० मा जस्तै हुनेछ, जबकि हिन्दू र यहूदी जनसंख्या आज भन्दा ठूलो हुनेछ।

संयुक्त राज्य अमेरिकामा ईसाईको जनसंख्या २०१० को भन्दा तीन चौथाईबाट २०५० मा दुई तिहाईमा घट्नेछ। यहूदी धर्म अब अमेरिकामा सबैभन्दा ठूलो गैर क्रिस्चियन धर्म हुने छैन। अमेरिकामा धर्मको आधारमा यहूदी भनेर चिनाउनेहरू भन्दा धेरै मुस्लिमहरू हुने देखिएको छ ।

सन २०१० र २०५० को बीचमा कुल विश्व जनसंख्या ३५ प्रतिशतले बढेर ९.३ बिलियन हुने अपेक्षा गरिएको छ। यसैबीच, उच्च प्रजनन दरका कारण, मुस्लिमहरूको युवा जनसंख्या अन्य धर्महरूको तुलनामा छिटो बढ्नेछ।

युरोपमा कुल जनसंख्याको १० प्रतिशत मुस्लिम हुनेछन् । सन् २०५० मा भारतमा हिन्दू बाहुल्यता कायम रहनेछ तर इन्डोनेसियालाई पछाडि छोडेर विश्वको कुनै पनि देशको तुलनामा यो सबैभन्दा बढी मुस्लिम जनसंख्या हुनेछ।

प्यू रिसर्चका अनुसार सन् २०५० मा विश्वका हरेक १० मध्ये चार क्रिस्चियन सब–सहारा अफ्रिकामा बस्नेछन्। यस प्यू रिसर्च सेन्टरले विश्वभर मानिसको बढ्दो जनसंख्याको अनुमान गरेको हो ।

aagaman March 16, 2024 March 16, 2024
Previous Article अष्ट्रेलियामा फल्यो औसत भन्दा १० गुना ठुलो ब्लुबेरी
Next Article ‘लाहोर १९४७’मा सन्नी देओल छोरा करणसँग भिड्ने
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213744
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?