By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
विज्ञान तथा प्रविधि

जापानमा नीजि क्षेत्रवाट पहिलो पटक अन्तरिक्षमा रकेट प्रक्षेपण तर भयो बिष्फोट

aagaman
Share
SHARE
Ad imageAd image

टोकियो, १ चैत । जापानी निजी कम्पनीले अन्तरिक्ष कक्षमा पठाएको रकेट बिष्फोट हुन पुगेको छ ।

रकेट प्रक्षेपण भएको केहि समय पछि नै सो रकेट हावामा विस्फोट हुन पुगेको छ ।

सो क्षणको एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । भाइरल भइरहेको भिडियोमा रकेट प्रक्षेपण भएको केही सेकेन्डमै विस्फोट भएको देख्न सकिन्छ।

नीजि कम्पनिले पठाएको यस जापानी रकेटको नाम ‘काइरोस’ रहेको बताइएको छ । काइरोस बुधवार मध्य जापानको अपतटीय वाकायामा प्रिफेक्चरबाट प्रक्षेपण गरिएको थियो। तर यसको प्रक्षेपण लगत्तै यो हावामा विस्फोट भएको समाचार संस्थाहरूले जनाएका छन ।

कैरोस विष्फोट भएको क्षेत्रमा केहीबेर धुवाँको मुस्लो चारैतिर देखिन्थ्यो । कतिपय ठाउँमा आगलागी पनि देखिएको छ । खुसीको कुरा यो हो कि यस विष्फोटमा कसैको हताहत भएको खबर आएको छैन। यो रकेट टोकियोको स्टार्ट अप कम्पनी ‘स्पेस वन’ले प्रक्षेपण गरेको थियो । यस असफलतामा हाल कम्पनीबाट कुनै प्रतिक्रिया आएको छैन। ‘स्पेस वन’को असफलताको भिडियो सरकारी प्रसारण च्यानल एनएचकेमा पनि देखाइएको छ ।

‘स्पेस वन’ को रकेट जापानको निजी कम्पनीले पहिलो पटक प्रक्षेपण गरेको बताइएको छ । कम्पनीको लक्ष्य यसलाई अन्तरिक्षमा सफलतापूर्वक स्थापित गर्ने र आफ्नो कम्पनीलाई यस क्षेत्रमा पहिलो निजी संस्थान बनाउने थियो तर उनीहरू यसमा असफल हुन पुगेका छन ।

aagaman March 14, 2024 March 14, 2024
Previous Article टिकटक माथी प्रतिबन्ध लगाउन अमेरिकन ससदले पारित गर्‍यो बिधेयक
Next Article यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?