By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
अर्थसामाजिक

भैरहवा भन्सार नाकाहुदै विना कागजात भारततर्फ जादै गरेको मालबाहक ट्रक भन्सार कार्यालयको नियन्त्रणमा

aagaman
Share
SHARE
Ad imageAd image

भैरहवा, २७ फागुन । भैरहवा भन्सार नाकाहुदै विना कागजात भारततर्फ जादै गरेको अवस्थामा ट्रक सहित टुथपेस्ट, पाउडर लगायतको सामान भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ ।

नेपालबाट बाहिरीने क्रममा युपी ५३ विटी ७८८३ नम्बरको टाटा ट्रकमा उक्त सामान भन्सार नाका अगाडिबाट बरामद भएको हो

भैरहवा भन्सार कार्यालय प्रमुख नारद गौतमले खाली ट्रक भनि जाने नाममा सामान लोड गरि लैजादै गरेको अवस्थामा कागजपत्र नभएको ट्रक सहितको सामान नियन्त्रणमा लिएको जानकारी दिए ।

“कागजपत्रविना नेपालबाट भारत जान लागेको सूचना प्राप्त भएपछि ट्रकलाई नाका ९भन्सार गेट०बाट नियन्त्रणमा लिइएका छौ । कार्यालयले अनुसन्धान गरिरहेको छ, हामीले भारतीय कस्टमसँग समन्वय गरेर चालक र सहचालक खोज्ने प्रयासमा छौ ।“, आफू काठमाडौं भएकोले आएर मात्रै पुर्ण विवरण दिने उनले भने । उनका अनुसार ट्रकमा भएको सबै सामानको एकिन भएको छैन ।

प्रारम्भिक अनुसन्धानबाट उक्त ट्रकमा डाबरको रेड टुथपेस्ट, क्लोसअप टुथपेस्ट र पोन्डसको पाउडर लगायतको बस्तु रहेको पाएका छौ ।
नेपालबाट बाहिरीने क्रममा भन्सार अगाडिको कर्मचारीले त्यो गाडी चेकजाँचका लागि भनेका थिए । चालकले आनाकानी गर्दा इलाका प्रहरी कार्यालयको सहयोगमा गाडी चेकजाँचका लागि चालकलाई ढाला खोल्न भन्दा चालक र सहचालक फरार भएको थिए ।

स्रोतका अनुसार त्यो गाडी नेपालगंज नाकाबाट नेपाल भित्रीएको थियो, गाडीको स्वरुप नै उचाई ढालाको रहेकोले ढाला भन्दा केही तल सम्म मात्रै उक्त सामान मिलाएर त्रिपालले ढाकिएको अवस्थामा राखिएको थियो ।

भन्सार कार्यालयले यस अघ िपुष ६ गते पनि यसै अनुरुपको भारत जान लागेको ट्रकबाट ३ सय ५८ कार्टुन क्लोज अफ टुथपेस्टबरामद गरेको थियो । बरामद समानहरु बहुराष्ट्रिय कम्पनिका नेपालका लागि उत्पादन भएको सामान हो । भारतले यि बस्तुको आयातमा प्रतिबन्ध लगाएको खाली ट्रक चेकजाँच हुदैन भन्ने नाममा नेपालबाट अवैध रुपमा भित्रिने गरेको रहस्य खुलेको छ ।

यस अघिको र अहिले दुवै घटनामा भन्सार प्रमुख बाहिर हुदा यो रहस्य बाहिरीएको छ । चेकजाँचमा खटिएको सोही कर्मचारीले नै यस अघिको ट्रक पनि रोकेर चेकजाँच गरेका थिए । बहुराष्ट्रिय कम्पनिका नेपालका लागि आएको उत्पादनहरु ठूलो मात्रामा केही समय पहिला बेलहिया–गोरखपुर सडकखण्डको कोल्हुईमा पनि बरामद भएको थियो ।

सिमा क्षेत्रबाट नेपालका लागि उत्पादित बहुराष्ट्रिय कम्पनिका उत्पादनहरु अवैध तरिकाले भारत जाने गरेतापनि भन्सार कार्यालय अगाडिबाटै अहिले सम्मकै ठूलो मात्रामा सामान बरामद भएको हो । कसले कहाँ को मार्फत पठाईरहेको थियो भन्ने खुल्न सकेको छैन ।

ट्रकको अगाडि मात्रै एउटा नम्बर प्लेट रहेको छ भने पछाडि कुनै नम्बर प्लेट नरहेकोले ट्रक पनि संकास्पद देखिएको छ । अन्नपूर्ण टर्मिनल्सले यो नम्बरको गाडी यस नाकाबाट प्रवेश नै नगरेको जानकारी दिएको छ । गाडी अन्यत्रबाट आएर भारत जान लागेको हुन सक्ने टर्मिनलले जानकारी दिएको छ ।

भैरहवामा रहेको डिलरले पछिल्लो समय ठूलो मात्रामा कसैलाई सामान विक्री नगरेको दाबी गरेका छन । बरामद सामान ठुलो मात्रामा रहेको र यस क्षेत्रबाट नभई सिमावर्ती जिल्लाका डिलर मार्फत आएको हुनु पर्ने दाबी गरे । चुस्त सुरक्षाको वावजुद पनि ठूलो मात्रामा मुख्य नाकाबाट तस्करी गराउनु विना सेटिङ सम्भव छैन । सुरक्षा निकाय, भन्सार ,निर्यातकर्ता र आयातकर्ताको संलग्नतामा मात्रै कसैले आट गर्न सक्छ ।

चालक र परिचालक फरार नेपालबाट भएपनि सिमामा एसएसबीले कुनै पनि नागरिकलाई परिचय पत्र चेकजाँच नगरी जानपनि दिदैन । भन्सार र सुरक्षा संयन्त्रको उपस्थितीले चासो नदिएको कारणपनि सम्बन्धित व्यक्ति सहजै फरार भएको देखिन्छ ।

भन्सार मुद्धा शाखाले अहिले सम्म कसैले पनि सामान मेरो हो भन्ने दाबी कसैको नआएको बताए । कानगजपत्र पनि नरहेको यस्तो घटना यस अघिभएको थियो । त्यो पनि कसैले दाबी नगरेको कारण लिलाम पक्रियामा गएको थियो ।

aagaman March 10, 2024 March 10, 2024
Previous Article आज टी-२० सिरिजमा नेपाल र हङकङ भिड्दै
Next Article सत्तामा हुँदा ठीक, प्रतिपक्षमा रहँदा सबै बेठीक भन्ने सोच गलत छः सांसद कल्पना चौधरी
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?