By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
खेलकुद

बिसीसीआईले खेलाडीहरूलाई आकर्षित गर्न थप बोनस दिने घोषणा

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौं, २७ फागुन । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले टेस्ट क्रिकेटप्रति खेलाडीहरूलाई आकर्षित गर्न थप बोनस दिने घोषणा गरेको छ।

शनिबार इङल्याण्डविरुद्धको टेस्ट जितेर सिरिज ४-१ ले जितेपछि बिसीसीआईले सिजनका ७५ प्रतिशत खेल खेल्ने खेलाडीले एउटा टेस्ट खेलेबापत ४५ लाख रुपैयाँ पाउने घोषणा गरेको हो। त्यस्तै सिजनका ५० देखि ७४ प्रतिशतसम्म खेल्ने खेलाडीले ३० लाख रुपैयाँ पाउनेछन्।

त्यस्तै ७५ प्रतिशत खेल खेल्न टिममा रहेका तर प्लेइङ ११ मा नरहेका खेलाडीले प्रति खेल २२.५ लाख पाउने छन् भने सिजनका ५० देखि ७४ प्रतिशतसम्म खेल्ने टिममा रहेर प्लेइङ ११ मा नरहेका खेलाडीले प्रति खेल १५ लाख पाउने भएका छन्। यो रकम बोर्डसँग रहेको केन्द्रीय सम्झौताको अतिरिक्त उपलब्ध हुनेछ। साथै यो इन्सेन्टिभ स्किम बोर्डको सम्झौतामा नरहेका खेलाडीलाई पनि लागु हुने बोर्डले बताएको छ।

यस अघि बीसीसीआईले आईपीएल २०२४ पछि टेस्ट म्याच शुल्क बढाउने र प्रोत्साहन योजना लागू गर्ने बताइएको थियो।

आइपिएलको लोकप्रियता र टी-२० मा खेलाडीको आकर्षण बढेपछि खेलाडीहरु इन्जुरीबाट बच्न एकदिवसीय र टेस्ट क्रिकेट खेल्न नखोजेको भन्दै बोर्डले हालै चेतावनी समेत दिएको थियो।

aagaman March 10, 2024 March 10, 2024
Previous Article घरभित्रै हत्या गरिएको अवस्थामा महिलाको शव फेला
Next Article नेपाल राष्ट्र बैंकले २१ अर्ब ५० करोडको ट्रेजरी बिल नवीकरण गर्ने
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?