By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
सामाजिक

नारी दिवसः घरेलु हिंसाका १६ हजार ५ सय १२ घटना दर्ता

aagaman
Share
SHARE
Ad imageAd image

महोतरी, २५ फागु । अखिल नेपाल महिला संघ महोत्तरीले महिला दिवसको अवसरमा गृहमन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ ।

जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालय मार्फत महिला हिंसा र विभेदप्रती ध्यानाकर्षण गराउदै गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण हिस्सा रहेको महिलाहरु अझैपनी कार्यस्थलमा हुने यौनजन्य दुर्ववहार, बेचबिखन, ओसारपसारका साथै संस्कृति र परम्पराका नाममा हुने हिंसा र आधुनिक प्रबिधिको माध्यमवाट हुने हिंसामा प्रताडित वनिरहेकोप्रती ध्यानाकर्षण जनाईएको छ ।

समाजका संवेदनहिन क्रियाकलापले गर्दा महिलाहरु वाच्न पाउने अधिकारवाट समेत वन्चित हुनुपरेको वताउदै राज्य दायित्व निर्वाह गर्नवाट चुकेको अखिल नेपाल महिला संघ महोत्तरी कि अध्यक्ष सरस्वती चौधरीले वताईन । यिनै बिषय ध्यानाकर्षण गराउन पनि ज्ञापन पत्र दिनुपरेको अध्यक्ष चौधरीको भनाई छ ।

महिला आन्दोलनको परिणामस्वरूप महिला विरुद्ध हुने हिंसा नियन्त्रण र न्यूनीकरणका लागि सवैधानिक तथा कानुनी व्यवस्था भएतापनी अनुसन्धान प्रक्रियामा ढिलासुस्ती, कानुनी कार्यान्वयनमा आएको उदासिन्ताले पिडितले न्याय पाउने अवस्था न्यून देखिएकोप्रती महिला संघले गृहमन्त्रालयलाई ध्यानाकर्षण गराएको छ ।

विद्यालय, घर, कार्यालय, सार्वजनिक स्थल, कतैपनी महिलाहरुले सुरक्षाको अनुभूति गर्न नपाएको भन्दै उनिहरुले राज्यको जिम्मेवारीप्रती खवरदारी पनि गरेका छन ।

ज्ञापन पत्रमा महिलामाथी भएका हिंसा र अपराधजन्य क्रियाकलापको अभिलम्ब छानविन गरि पिडितहरुलाई न्याय र उचित क्षतिपूर्तिको व्यवस्था गर्ने कामलाई प्रभावकारी वनाउन जोडदार माग गरिएको छ ।

आर्थिक बर्ष २०७९र८० मा प्रहरीमा परेका उजुरीलाई मात्र हेर्दा घरेलु हिंसाका १६ हजार ५ सय १२ घटना दर्ता भएका छन । यसैगरी जवर्जस्ती करणीका घटना २ हजार ३ सय ८७, जवर्जस्ती करणी उधोगका घटना ५ सय १८, अपहरण तथा जवर्जस्ती करणिका घटना ५९ वटा, जवर्जस्ती करणी पछि हत्या गरिएका ५, बोक्सीको आरोपका घटना ४३ वटा, मानव बेचबिखनका घटना १ सय २४ वटा, वहुविवाहका घटना ७ सय २३, बालविवाहका घटना ५२ वटा, छुवाछूतका घटना २७ वटा, तेजाव हानेको घटना ३, अवैध गर्भपतनका घटना ३२ वटा छन । न्यूजकारखाना

aagaman March 8, 2024 March 8, 2024
Previous Article आधुनिक विकास र सुविधाको खोजिमा रित्तिदै ‘कुइनेखानी’ गाउँ
Next Article आज देशभरको मौसम
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?