By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
अन्तर्राष्ट्रिय

हिम पहिरो र हिमपातमा परी पाकिस्तानमा ३५ को मृत्यु , दर्जनौं बढी घाइते

aagaman
Share
SHARE
Ad imageAd image

इस्लामबाद, २३ फागुन । पाकिस्तानका दुर्गम क्षेत्रहरूमा गएको सप्ताहन्तमा जमेको चिसो वर्षा र अप्रत्याशित हिमपातका कारण कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।

सो हिमपातमा परी दर्जनौं बढी घाइते भएको र उनीहरूको स्थानिय अस्पतालमा उपचार भइरहेको छ ।

मृत्यु हुनेहरूमध्ये २२ जना बालबालिका रहेको र ती मध्ये धेरैजसो हिम पहिरोमा परेर घरमा पुरिएका विपद् व्यवस्थापन अधिकारीहरूले भनेका छन ।

चरम मौसमले पाकिस्तानको उत्तरी र पश्चिमी क्षेत्रहरूलाई असर गरेको तथा सडक अवरुद्ध र सयौं घरहरूलाई क्षति पुरयाएको पाकिस्तानी सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।

हिम विज्ञहरू यस्तो हिउँ देखेर छक्क परेका थिए किनभने मार्चमा पाकिस्तान सामान्यतया हिउँ पर्दैन, यसले स्थानीयलाई आश्चर्यमासमेत पारेको स्थानिय सञ्चारमाध्यमले जनाएका छन ।

जसअनुसार उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको किर्क जिल्लाका बासिन्दा हाजित शाहले आफ्नो छिमेकमा पहिले एक पटक मात्रै हिउँ परेको बताएका छन् । उनले बीबीसीलाई भने, ‘जहाँसम्म मलाई याद छ, २५–३० वर्षअघि केही मिनेटको लागि यहाँ हल्का हिमपात भएको थियो।’

भारी हिमपात र वर्षाले कम्तिमा १५० घरहरू पूर्ण रूपमा ध्वस्त भएको छ भने ५०० अन्य घरलाई आंशिक रूपमा क्षति भएको छ, मुख्यतयाः खैबर पख्तुनख्वा र दक्षिण पश्चिमी बलुचिस्तान प्रान्तमा । केही जिल्लामा केही दिनदेखि विद्युत् अवरुद्ध हुन पुगेको छ ।

खैबर पख्तुनख्वाको प्रान्तीय सरकारले प्रभावित क्षेत्रहरूमा राहत सामग्री उपलब्ध गराएको छ र घाइते र मृत्यु भएकाहरूको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ

aagaman March 6, 2024 March 6, 2024
Previous Article त्रिशुली बस दुर्घटनामा चार जनाको मृत्यु, ३३ जना जिवितै उद्धार,बिस्तृत विवरण आउन बाँकी
Next Article अम्बानीको प्रि वेडिङमा नाच्नेको भन्दै वलिउड स्टारको कंगनाले उडाइन खिल्ली
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213744
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?