By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
ब्रेकिङ न्युजराजनीति

नव निर्वाचित सांसदको सपथ ग्रहण हुदैँ

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौं, २१ फागुन । राष्ट्रियसभाका नव निर्वाचित सदस्यहरूले आज पद तथा गोपनियताको सपथ लिदैँछन ।

गत माघ ११ गते सम्पन्न भएको निर्वाचनबा निर्वाचित १९ जना तथा राष्ट्रपतिवाट मनोनित हुने १ जना गरी २० सदस्यहरूले आज पद तथा गोपनियताको सपथ लिदैँछन । उनीहरूको सपथ ग्रहण कार्यक्रम बिहान ११ बजे राखिएको छ ।

जसअनुसार कोशी प्रदेश बिजयी कांग्रेसका कृष्ण सिटौला र एमालेकी रूक्मिणी कोइराला, मधेसबाट जसपाकी पूजा चौधरी र कांग्रेसका आनन्द ढुंगाना, बागमतीमा कांग्रेसका विष्णुदेवी पुडासैनी र जीतजंग बस्नेत, माओवादीका श्रीकृष्णप्रसाद अधिकारी र एकीकृत समाजवादीबाट घनश्याम रिजाल, गण्डकीबाट माओवादीका मनरूपा शर्मा तथा कांग्रेसका पदमबहादुर परियार र किरणबाबु श्रेष्ठले पद तथा गोपनियताको सपथ लिदैँछन् ।

साथै, लुम्बिनीबाट कांग्रेसकी विष्णुकुमारी सापकोटा र माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी र कर्णालीबाट एकीकृत समाजवादीकी सावित्री मल्ल, माओवादीका विष्णुबहादुर विश्वकर्मा र कांग्रेसका कृष्णबहादुर रोकाय तथा सुदूरपश्चिमबाट कांग्रेसका बलदेव बोहोराले सपथ लिदैँछन् ।

उता, हिजोबाट पदावधि सकिनेमा एमालेका ८, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २ र जसपा, मनोनीत र स्वतन्त्र एक–एक जना रहेका छन्।

यसअघि निर्वाचित भएका मध्ये एमालेबाट निर्वाचित भइ राष्ट्रियसभा अध्यक्षको जिम्मेवारीमा रहेका गणेशप्रसाद तिमिल्सिनासहित २० सांसदहरूको पद हिजो समाप्त भएसँगै आज नयाँ सांसदहरूले पद तथा गोपनियताको सपथ लिन लागेका हुन् ।

जसअनुसार हिजो पदावधी सकिनेमा एमालेका इन्दु कडरिया, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल, नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र रामचन्द्र राई रहेका छन भने कांग्रेसका रमेशजंग रायमाझी, जितेन्द्रनारायण देव, अनिता देवकोटा र प्रकाश पन्थको पनि कार्यकाल सकिएको छ ।

यसैगरी, नेकपा माओवादी केन्द्रका विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा तथा नेकपा एकीकृत समाजवादीका नन्दा चापागाईं र सिंगबहादुर विश्वकर्मा रहेका छन् ।

त्यस्तै जनता समाजवादी पार्टी, नेपालकी प्रमिला कुमारी र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पदावधि पनि हिजो सकिएको थियो भने तत्कालिन राष्ट्रपति बिधादेवी भण्डारीले मनोनीतमा परेकी डा।विमला राई पौड्यालको पदावधि पनि हिजो सकिएको थियो ।

aagaman March 4, 2024 March 4, 2024
Previous Article संङघीय संसद भवन, नयाँ बानेश्वरमा आज प्रतिनिधिसभा बैठक बस्दै
Next Article आज नेपालले भुटानको सामना गर्दै
Ad imageAd image

ताजा खबर

प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज
काठमाडौं महानगरले स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गर्ने
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213714
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?