By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
ब्रेकिङ न्युजराजनीति

अझै सुरू भएन गठबन्धनको बैठक

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौं, २० फागुन । सत्तारूढ गठबन्धनको बैठक अझै बस्न सकेको छैन ।

प्रधानमन्त्रीको सरकारी निवास, वालुवाटारमा उक्त बैठक बिहान ८ बजे बस्ने भनिएको भए पनि अझै सुरू भएको छैन ।

सत्तारूढ गठबन्धनमा समस्या देखा परिरहेको बेला गठबन्धनको बैठक बस्ने भनिएको थियो । हिजो निर्धारित समय सिमा भन्दा एक घन्टा बढी नाघिसक्दा पनि बैठक बस्न सकेको छैन ।

सोही बैठक बोलाएको बेलामा वालुवाटारमा नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ भने जसपा नेपालले पनि आकस्मिक रूपमा बैठक बोलाएको छ । गठबन्धनको बैठक बस्न लागेकै बेला जनमत पार्टीका अध्यक्ष सिके राउत वालकोटस्थित ओली निवास पुगेका छन् ।

सत्तारूढ गठबन्धनको बैठक बस्न नसके पछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पुर्णबहादुर खड्का भने वालुवाटार पुगेर छलफल गरिरहेको जनाइएको छ ।

हिजो मात्रै एकाएक प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिहान र साँझ दुइ पटक भेटबार्ता गरेका थिए । सो भेटबार्ता पछि सत्तारूढ गठबन्धनमा नयाँ बहस सुरू भएको छ ।

aagaman March 4, 2024 March 4, 2024
Previous Article एमाले सचिवालय बैठक सकियो
Next Article ११७.७० अंकले वृद्धि भयो नेप्से परिसूचक
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213744
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?