काठमाडौं, १८ फागुन । मल्टिपर्पस फाइनान्सको आज वार्षिक साधारण सभा बस्दैछ।
मल्टिपर्पस फाइनान्सले लाभांश बिना नै साधारण सभा बोलाएको हो। सभा प्रयोजनका लागि यसले फागुन ६ गते बुक क्लोज गरिसकेको छ।
मल्टिपर्पस फाइनान्सको वार्षिक साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय राजविराज सप्तरीमा दिउँसो १ बजे सुरु हुनेछ।
सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव रहेको छ। सभामा संस्थापक समूहको तर्फबाट ३ जना र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ। यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण पनि सभामा पेश हुनेछ।