By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
राजनीति

‘तराई – मधेसको बजेट र विकासका योजना कटौती हुनुहुन्न’

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौँ, १० फागुन । मुलुक र जनताका सवालहरुको सम्बोधनका लागि सत्तापक्षको महत्वपूर्ण र नेतृत्वदायी भूमिका हुन्छ तर संसदीय व्यवस्थामा प्रतिपक्षको भूमिका पनि उत्तिकै प्रभावशाली मानिन्छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद लीलानाथ श्रेष्ठ मुलुकका लागि आवश्यक कानुन निर्माण र विकासका सन्दर्भमा सरकारलाई आफूहरुको पूर्ण साथ र सहयोग रहने बताउनुहुन्छ ।

नेकपा (एमाले) को बुधबारको केन्द्रीय कमिटीको बैठक र संसदीय दलको बैठकले जनताका समसामयिक मुद्दामा संसद्मा अझ बढी रचनात्मक र प्रभावकारी भूमिका खेल्न निर्देशन भएको बताउँदै सो पार्टीका पोलिटब्यूरो सदस्यसमेत रहनुभएका सांसद श्रेष्ठले पार्टीले दिएको निर्देशनबमोजिम नै आफूहरु संसद्को चालु हिउँदे अधिवेशनमा प्रस्तुत हुने बताउनुभयो ।

सांसद श्रेष्ठले ऋण लिएर कर्मचारीलाई तलब दिनुपर्ने, व्यापारीहरु कालोसूचीमा पर्ने, ३० प्रतिशत उद्योगधन्दा मात्रै सञ्चालनमा आएको, मुलुकमा बेरोजगारी बढेको र विदेशिने युवाको क्रम बढेको तथा मुलुकको अर्थतन्त्रका परिसूचकहरु सकारात्मक नभएको विश्लेषण गर्नुभयो ।

सिराहा क्षेत्र नं ३ बाट पछिल्ला दुई निर्वाचनमा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यमा लगातार विजयी सांसद श्रेष्ठ २०७० सालको संविधानसभाको निर्वाचनमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग झिनो मतान्तरले पराजित भएपछि राष्ट्रिय राजनीतिमा चर्चामा आउनुभएको थियो ।

वर्तमान गठबन्धन सरकारले अर्थतन्त्रको सुधार र सुशासनका क्षेत्रमा उल्लेखनीय काम गर्न नसकेको आरोप लगाउँदै पूर्वमन्त्री श्रेष्ठले नक्कली भूटानी शरणार्थी मामिला, ललिता निवास जग्गा प्रकरण, सुन तस्करीका घटनामा भएका छानबिनमा पूर्ण सफलता हासिल गर्न नसकिएको जिकिर गर्नुभयो । यद्यपि उहाँले सुशासन कायम गर्न सरकारले गरेका प्रयासको सराहना गर्नुभयो ।

एमालेका नेता एवं धनुषा जिल्ला इन्चार्ज श्रेष्ठले तराईको ‘लाइफ लाइन’ का रुपमा परिचित हुलाकी राजमार्ग निर्माणका लागि यसअघि रु १३ अर्बसम्म बजेट विनियोजन भएकामा अहिले सरकारले बजेट घटाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । “हुलाकी मार्गभन्दा पछि सुरु भएका कतिपय सडक बनिसकेका छन् । हुलाकी राजमार्ग निर्माणमा ढिलाइ भएको छ ।”

काठमाडौँ–तराई द्रुतमार्ग, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र सुनकोशी–कमलामाई डाइभर्सनजस्ता राष्ट्रिय गौरवका आयोजना निर्माणमा भएको विलम्बबाट तराई–मधेसमा विकासका काम पछाडि धकेलिएका सांसद श्रेष्ठको भनाइ छ । उहाँले आफूहरु सरकारमा हुँदा तराई–मधेस पूर्वाधार कार्यक्रमसहित समृद्ध मधेस सिँचाइ कार्यक्रमका लागि रु दुई अर्ब बजेट ल्याइएकामा अहिले एकपछि अर्को गर्दै मधेसका विकास कार्यक्रममा बजेट कटौती र योजना हटाउने काम भएको टिप्पणी गर्नुभयो ।

सांसद श्रेष्ठले आफ्नो पहलमा सिराहाको भारतीय सीमादेखि गोलबजार र गोलबजारबाट मदन भण्डारी राजमार्गसम्मको दुई खण्डको सडकका लागि बजेट छुट्याएको, सिराहामा चारवटा राष्ट्रिय मार्ग बनाएको, मिर्चैैया–सोलु सडक निर्माणमा बजेट विनियोजन गराएको, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम जिल्लामा सञ्चालन गराएको, राजा सहलेसको मन्दिर, विभिन्न सिँचाइ आयोजना र लालपुरको रङ्गशाला निर्माण गराएको स्मरण गर्दै आगामी दिनमा पनि यस्ता विकासका कामलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तराई मधेसको विकासका लागि धेरै गर्न बाँकी रहेकाले त्यहाँका सबै सांसद मिलेर सुनकोशी–कमलामाई ‘डाइभर्सन’ शीघ्र सम्पन्न गर्न, चुरे संरक्षणका योजना ल्याउन, जानकी–रामायण परिपथ, कोशी वन्यजन्तु आरक्ष, गढीमाई पर्यटन परिपथ, चिनी कारखाना, कृषि औजार कारखाना र जनकपुर चुरोट कारखाना सञ्चालनका लागि १६औँ आवधिक योजनामा समावेश हुनुपर्ने माग सांसद श्रेष्ठको छ । यी विषयमा प्रधानमन्त्रीसमक्ष प्रतिनिधिमण्डल गएर कुरा राख्ने तयारी भएको उहाँले सुनाउनुभयो ।

किसानले नगद पैसा तिरेर पनि रासायनिक मल समयमै नपाएका, उखु किसानले समयमा भुक्तानी नपाएका, सहकारी र मिटरब्याजपीडितले न्याय नपाएका, खडेरीबाट खेती बाँझो रहेको वा उत्पादन कम भएका, ‘लम्पीस्किन’ रोगबाट प्रभावित किसानले क्षतिपूर्ति नपाएका आदि कारणले जनतामा छाएको निराशाका विषय अब आफूहरुले सदन र सडकमा उठाउने उहाँले भनाइ छ । के आन्दोलन गरेर जनतामा छाएको निराशा शान्त हुन्छ त भन्ने प्रश्नमा उहाँ प्रतिप्रश्न गर्दै भन्नुहुन्छ, “हामीले प्रतिपक्षमा रहेर रचनात्मक काम गर्ने हो । रोजगारीमा दक्षिण कोरिया जान खोज्ने दुई युवकको मृत्यु भएको विषयमा संसद्मा चुप लागेर बस्न सकिन्छ र ?”

समयमा महत्वपूर्ण कानुन नबन्दा तीन तहका सरकारको सु—सञ्चालनमा कठिनाइ आएको बताउँदै उहाँले निजामती सेवा ऐन, विद्यालय शिक्षा ऐन र प्रहरी समायोजन ऐन छिटो ल्याउनुपर्ने बताउनुभयो । निजामती ऐन नआउँदा कतिपय स्थानीय तहमा निमित्तका भरमा प्रशासन चलेको र कतिपय प्रदेशमा उपसचिवले मन्त्रालय सञ्चालन गर्नुपरेको सुनाउनुभयो ।

सांसद श्रेष्ठ राज्यका महत्वपूर्ण अङ्ग र संस्थाहरुबीचको समन्वय र सन्तुलन पनि बढ्नुपर्ने ठान्नुहुन्छ । सरकारी सम्पत्ति हिनामिनामा मुछिएका कतिपय व्यक्तिको अनुसन्धान पूरा नहुँदै रिहा हुनुजस्ता घटनाले न्यायालयमाथि पनि प्रश्न सिर्जना भएको सांसद श्रेष्ठको भनाइ छ ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई कुन रुपमा सञ्चालन गर्नुपर्ला भन्ने जिज्ञासामा उहाँले आफूहरुलाई उक्त कोष चलाउनुपर्ने कुनै रहर नभएको बताउनुभयो । हरेक सांसदको सिफारिसमा संसदीय क्षेत्रमा सन्तुलित र समानुपातिक विकास निर्माणका योजना पर्ने हो भने त्यस्ता कोषको आवश्यकता नपर्ने उहाँको बुझाइ छ । रासस

aagaman February 22, 2024 February 22, 2024
Previous Article सगरमाथा क्षेत्रमा अत्यावश्यक पर्यटन संरचना निर्माण
Next Article संसदमा पनि विभेद महसुस हुन्छ : विना लामा
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?