By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
सामाजिक

प्रहरी चौकीहरूले वडा कार्यालयबाट इन्धन माग्ने गरेको गुनासो

aagaman
Share
SHARE
Ad imageAd image

रौतहट, ६ माघ । चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानमा रहेका प्रहरी चौकीहरूले वडा कार्यालयबाट इन्धन माग्ने गरेको गुनासो आएको छ ।

चौकीहरूले वडा कार्यालयमा इन्धन माग गर्ने गरेको भन्दै उनीहरूलाई इन्धन दिनका लागि चन्द्रपुर नगरपालिकाको १२औं हिउँदै अधिवेशनमा कुरा उठेको हो । वडामा इन्धनका लागि बजेट नभएको र प्रहरी चौकीहरूले इन्धन माग्ने गरेको भन्दै चन्द्रपुर नगरपालिकाको १२ औं हिउँदै अधिवेशनमा वडा सदस्यहरूले कुरा उठाएका हुन् ।

चन्द्रपुर नगरपालिका वडा नम्बर २ का वडा सदस्य संजीव कुशवार माझीले वडा कार्यालयमा प्रहरीले इन्धन माग गर्ने गरेको र आफूहरूले दिन नसकेकाले नगरपालिकाले नै विभिन्न वडामा रहेका चौकीहरूका लागि इन्धनको व्यवस्था गरिदिन माग गरेका हुन् ।

रौतहट जिल्लाका विभिन्न स्थानमा रहेका प्रहरी चौकीहरूले स्थानीय पालिकाहरूबाट इन्धन लिने गरेको गुनासो आइरहेका बेला रौतहटको चन्द्रपुर नगरपालिकामा भने १२ हुँदै अधिवेशनमै प्रहरीले इन्धन माग्ने गरेको गुनासो आएको हो ।

रौतहट जिल्लाका विभिन्न स्थानमा रहेका प्रहरी चौकी तथा इलाका प्रहरीहरूले सोही स्थानमा रहेका आफ्नो पालिकाबाट इन्धन सहयोग लिँदै आइरहेका छन् ।

प्रहरी चौकीले वडा कार्यालयमा गएर हामीहरुले गस्ती गर्नुपर्छ इन्धनको व्यवस्था गरिदिनुस् भन्ने गरेको र आफूहरुले इन्धन दिन सक्ने अवस्था नरहेका कारण त्यसको व्यवस्थापन नगरपालिकाले गरिदिनु पर्ने वडा सदस्य कुशवारले नगर अधिवेशनमा माग गरेका हुन् ।

रौतहट जिल्लाको अधिकांश स्थानमा रहेका इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीहरूमा रहेका गाडी तथा मोटरसाइकल स्थानीय पालिकाहरूले दिने अनुदानको तेलबाट चल्दै आएका छन् ।

aagaman February 18, 2024 February 18, 2024
Previous Article ‘दंगल’की कान्छी अभिनेत्री सुहानीको निधन
Next Article चन्द्रपुर नगरपालिकामा रहेको वडा नम्बर ३ लाई छुट्टै पालिका बनाउने अभियान सुरु
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?