By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
खेलकुद

भारतीय ब्याट्सम्यान सौरभ तिवारीले लिए सन्यास

aagaman
Share
SHARE
Ad imageAd image

नयाँ दिल्ली, १ फागुन । बायाँ हाते भारतीय ब्याट्सम्यान सौरभ तिवारीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन ।

भारतका लागि ३ एकदिवसीय खेल खेलेका सौरभ तिवारीले सोमबार अबेर अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन ।

उनले सन् २०१० मा अष्ट्रेलियाविरुद्ध भारतका लागि एकदिवसीय क्रिकेटमा डेब्यू गरेका थिए। त्यसपछि उनले ३ ओडिआई खेल मात्रै खेल्न पाएका थिए । सौरभ तिवारीले आफ्नो अन्तिम एकदिवसीय खेल २०१० मा न्युजिल्याण्ड विरुद्ध खेलेका थिए। त्यसपछि उनले भारतबाट खेल्ने मौका भने कहिल्यै पाउन सकेनन ।

सौरभ तिवारीले सन् २०१० मा महेन्द्र सिंह धोनीको कप्तानीमा अष्ट्रेलिया विरुद्ध भारतका लागि डेब्यु खेल खेलेका थिए तर उनले भारतका लागि धेरै खेल खेल्न सकेनन्। उनले भारतबाट मात्र ३ ओडिआई खेल्ने मौका पाएका थिए । जसमा उनले ४९ रन बनाएका थिए ।

आफ्नो सन्यासको बारेमा सौरभ तिवारीले भने, ‘मैले यो निर्णय मेरो प्रदर्शनका आधारमा लिएको होइन। घरेलु क्रिकेटमा मेरो रेकर्ड उत्कृष्ट छ । यसपछि उनले मलाई प्रायः यसपछि के गर्ने भनेर सोधिने बताए, ‘म क्रिकेट मात्र जान्दछु, त्यसैले भविष्यमा पनि यो खेलसँग जोडिनेछु ।’

सौरभ तिवारीले सन् २००८ मा मुम्बई इन्डियन्सबाट आईपीएलमा डेब्यु गरेका थिए। त्यसपछि उनले यस फर्म्याटमा कुल ९३ खेल खेलिसकेका छन् । जसमा २८।७३ को औसतमा १४९४ रन बनाएका छन् । सौरभले आफ्नो आईपीएल करियरमा दिल्ली डेयरडेभिल्स, रोयल च्यालेन्जर्स बैंगलोर र राइजिङ पुणे सुपरजायन्ट्सबाट पनि खेलेका छन्।

उनले आफ्नो अन्तिम आईपीएल खेल २०२१ मा राजस्थान रोयल्स विरुद्ध खेलेका थिए। त्यसपछि उनी बाहिर घुमिरहेका छन् ।

aagaman February 13, 2024 February 13, 2024
Previous Article हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर
Next Article अमेरिकामा एक आमाले बच्चालाई सुताउने भन्दै ओभनमा हालिन…
Ad imageAd image

ताजा खबर

प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज
काठमाडौं महानगरले स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गर्ने
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213715
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?