By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
पर्यटन तथा यात्रा

गडरायको आकर्षक गहना ‘चम्ला झरना’

aagaman
Share
SHARE
Ad imageAd image

गडराय, छान्ना , २६ माघ । बझाङमा सबैभन्दा अग्लो झरना भनेर चम्ला अर्थात् गोरखाली झरना चिनिन्छ । पूर्वाधारको समस्याले गुमनाम रहेको सो झरनासम्म पुग्न सडकको पहुँच पुगेसँगै अवलोकन गर्नेको भीड लाग्न थालेको छ । खप्तडछान्ना गाउँपालिका–७ मा अवस्थित झरना हेर्न हरेक दिन आन्तरिक पर्यटक आउन थालेका छन् ।

सडक तथा बाटोघाटो निर्माणले टाढैबाट दर्शन गरिने झरना अहिले नजिकै आएर महसुस गर्न थालिएको स्थानीय भुवन जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा लागि नजिकको तीर्थ हेला भनेजस्तै थियो । अहिले अन्यत्र जिल्लाका मानिस आएर रमाउन थालेपछि गाउँका मानिसहरुको पनि झरनाप्रति माया जागेको छ ।” उहाँका अनुसार गडरायबाटै झरना हेर्नेहरु अहिले झरनाकै पानी खेल्ने गरेका छन् । उहाँले भन्नुभयो ,“सडक नहुँदा कोही आउँदैन थिए । आजभोलि गाउँभन्दा बाहिरको मान्छे नआएको दिन खाली हुँदैन ।” द्वारकाँडी मष्टाको डाँडाबाट ‘सेल्फी’ खिच्नेहरु पनि आजभोलि झरनाको टुप्पामा पुग्ने गरेको उहाँले बताउनुभयो ।

गडरायको चम्ला झरना विभिन्न नामले परिचित छ । गोरखाली झरना, कोरकाटियाँ छणो, उबाखोलाको छणोलगायत विभिन्न नामले चिनिन्छ । तर यसको पुरानो तथा कारणसहितको नाम भने चम्ला नै हो । झरनाको वरिपरि चम्ला ९घाँसको प्रजाति० वनस्पतिले घेरिएको ठाउँ भएकाले कोरकाटियाँका मानिसले यसको नाम ‘चम्ला छणो’ राखेका हुन् ।

स्थानीय रामजङ्गबहादुर सिंहका अनुसार कोरकाटियाँका मानिसको पिउने तथा सिँचाइ गर्ने पानी त्यही झरनाको हो । कतिपयले झरनाको पानीको फिँज चामलको चौलानी जस्तै भएको हुँदा पनि यसको नाम चम्ला रहन गएको उहाँले बताउनुभयो ।

चम्ला झरनाको पौराणिकता

चम्ला झरनाको महिमा अपरम्पार जस्तै भएको सिंहले बताउनुभयो । उहाँका अनुसार मष्टो देवताले बसोबास गर्दा लाचुणे दानवले दुःख दिएपछि कौछ्या देवतालेसँग मिलेर मष्टोले झरनाको ढलेल्याणीमा कौछ्याले बाणले हान्दा राक्षस लाचुणेलाई मारेको पौराणिक घटनाबाट झरनाको कथा सुरु हुन्छ ।

देवता (मष्टो, कौछ्या) र राक्षस लाचुणेको लडाइँ लामो समयसम्म रह्यो । उहाँले भन्नुभयो, “दुवैतिरबाट पानीसमेत नखाई लडाइँ जारी राखे । त्यसपछि दानवलाई बाणले हानेर हराएपछि देवता पानी प्यासले काकाकुल भए । भिरमा पानी पाउने कुरै भएन । त्यसपछि मष्टोले चट्टानै चट्टान भएको भिरमा बाण हाने र पानीको मुहान फुट्यो । त्यही पानीले प्यास मेटे । त्यही पानीमा वरिपरि मूल फुट्दै तलको भिरमा गएर झणो (झरना) बनेको भन्ने किंवदन्ती रहेको छ ।”

रामजङ्गबहादुर सिंहका अनुसार झरनाको पनि छुट्टै कथा छ । त्यसबेलामा लडाइँपछि धामी (देउता) लाई पानी प्यास लाग्दा भिरको धारो पर्ने ठाउँमा गए । धारोमा पानी पिउँदा हात भित्तामा अड्याएर पानी पिउँदै गर्दा धामीको पगरी (टोपी) तल खसेको थियो । त्यही टोपी पछि झरना भएको कुरा माङलमा उल्लेख भएको उहाँले बताउनुभयो । अहिले टाढाबाट देखिँदा सेतो कपडा लगाउने धामीको हात अड्याएको ठाउँमा दुइटा झरना, धामीको खुट्टा भएको ठाउँमा कुण्ड र त्यही कुण्ड बगेर धामीको पगरी गएको ठाउँमा झरना भएको स्थानीयको बुझाइ छ । २०३६ सालमा आएको भूकम्पसँगैको पहिरो र केही वर्ष पहिलेको पहिरोले कुण्ड पुरिएको रामजङ्ग सिंह बताउनुहुन्छ ।

साइत सुधार्न झरनामाथि पूजा

झरनाको माथिपट्टि स्थानीयले पुस्तौँदेखि पूजाआजा गर्दै आएका छन् । भूमि पूजा गर्दा आफूलाई, आफ्ना सम्पत्तिलाई जङ्गली जनावरदेखि कसैले पनि आक्रमण नगरून्, भिरपाखाबाट नखसून् भनेर रुद्रीपाठ, चण्डीपाठ बर्सेनि गरिँदै आएको छ । सबैको सोचेको पूरा हुने, शुद्ध पवित्र भइरहने, पानीको मुहान बढ्ने विश्वासले पूजाआजा गरिँदै आएका छन् । पूजाआजाका लागि ब्राह्मणले भनेको साइतमा जहिल्यै पूजा गर्ने र त्यसपछि मात्रै लेकाली काममा जाने गरेका छन् । विशेषगरी लेकमा वस्तुभाउ ल्याउनुभन्दा अगाडि पूजा गरेर ल्याउँदा जङ्गली जनावरबाट क्षति नहुने, रोगव्याधी नलाग्ने, भिरपाखामा गएर पनि नोक्सान नहुने विश्वासले पूजा लाग्ने गरेको खप्तडछान्ना–७ का भेषराज जोशीले बताउनुभयो । रासस

aagaman February 9, 2024 February 9, 2024
Previous Article पाकिस्तानमा निर्वाचन जारी
Next Article अल हिलालसंग अल नासर २-० ले पराजित
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?