काठमाडौं, ३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक बस्दैछ ।
पार्टीको आर्थिक र प्रशासनिक नियमावली, विभागीय नियमावली, विभागहरूको कार्यप्रगति विवरण लगायतका विषयमा छलफल गर्न सो बैठक बस्न लागेको हो ।
महामन्त्री मुकुल ढकालका अनुसार बैठकमा मुलुकका २१ ठुला विकास आयोजनामा पदयात्राका विषयमा पनि छलफल हुने र सो पदयात्रामा जाने नेताहरूको कार्यबिभाजन पनि गरिने छ ।