तेल अहिब, २७ पुस । इजरायलले गाजामा अवस्थित एम्बुलेन्समा बम विष्फोट गरेर चिकित्सकको हत्या गरेको अस्वीकार गरेको छ ।
इजरायली सेनाले मध्य गाजा पट्टीमा एम्बुलेन्समा भएको बम विष्फोटमा चार चिकित्सक र अन्य दुई व्यक्तिको मृत्यु भएको कुरा अस्वीकार गरेको हो।
‘इजरायली सेनो लाई उपलब्ध गराइएका विवरणहरूको आधारमा समीक्षा गरिएको थियो, जसले वर्णन गरिएको क्षेत्रमा कुनै हमला नगरेको देखाउँछ,’ इजरायली सेनाले भनेको छ।
प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटी (पीआरसीएस) ले बुधबार मध्य गाजाको देइर अल बालाह क्षेत्रमा प्रवेशद्वारमा आफ्नो एम्बुलेन्समा भएको आक्रमणमा इजरायललाई दोष दिँदै ६ जनाको मृत्यु भएको जनाएको थियो ।
यसैबिच, इजरायलले दक्षिणी लेबनानमा एम्बुलेन्स सेन्टरमा आक्रमण गर्दा दुई चिकित्सकको मृत्यु भएको छ ।
दक्षिणी लेबनानमा नागरिक रक्षा केन्द्रमा इजरायली आक्रमणले दुई उद्धारकर्ताको मृत्यु भएको छ र एम्बुलेन्सलाई नष्ट गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । जुन एम्बुलेन्स सशस्त्र समूह हिजबुल्लाहसँग सम्बद्ध छ।
इस्लामिक हेल्थ अथोरिटीको सिभिल डिफेन्स अपरेसन रुमले हानिन सहरको आपतकालीन केन्द्रमा इजरायली बमबारी दुई पुरुष एकाइ सदस्यको मृत्यु भएको बताएको हो ।
यस मृत्युले दक्षिणी लेबनानमा इजरायली गोलाबारीमा मारिएका सर्वसाधारणको संख्या बालबालिका र पत्रकार सहित २५ पुगेको छ।
त्यहाँ कम्तिमा १४० हिजबुल्लाह लडाकुहरू पनि मारिएका छन् भने सो हमालमा इजरायली पक्षमा नौ सेना मारिएका छन् ।