काठमाडौ, १८ पुस । आज पुस १८ गते बुधबार महालक्ष्मी विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश वितरण गर्ने भएको छ ।
उक्त लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा लैनचौर ब्यांक्वेट लैनचौर, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
कम्पनीले बिहीबार पुस १९ गते बुक क्लोज गर्दैछन् । तसर्थ, पुस १८ गतेसम्म कम्पनीमा रहेका सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् ।