By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
ब्रेकिङ न्युजराजनीति

राष्ट्रिय सभा निर्वाचनको सिट भागबन्डालाई लिएर कांग्रेस–माओवादीबीच छलफल

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौं, १७ पुस । सत्तारुढ माओवादी केन्द्र र कांग्रेसबीच आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको सिट भागबन्डा गर्ने विषयमा छलफल गरेका छन् ।

मंगलबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेकाक कांग्रेसका नेता र सरकार नेतृत्वकर्ता दल माओवादीका नेताबीच राष्ट्रिय सभा सदस्य निर्वाचनमा पनि गठबन्धन गरेर जाने विषयमा छलफल भएको हो ।

माओवादी केन्द्र अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन र कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र नेता रमेश लेखक सहभागी बैठकमा यसअघिको मतभार, अहिलेको अवस्थालाई आधार मानेर सिट बाँडफाँट गर्ने विषयमा छलफल भएको छ ।

यद्यपि, गठबन्धनका अन्य दलसँगको छलफलपछि मात्रै टुंगो पुग्ने उनीहरुको तयारी छ । राष्ट्रिय सभा सदस्य चयनका लागि आउँदो ११ माघमा निर्वाचनमा हुँदै छ भने २३ पुसमा उम्मेदवारी दर्ता गर्ने कार्यसूची रहेको छ । तर, यसअघि नै सिट भागबन्डाको टुंगो लगाउन गठबन्धनका नेताहरुले छलफल थालेका हुन् ।

aagaman January 2, 2024 January 2, 2024
Previous Article चिसो बढेसँगै कञ्चनजङ्घा क्षेत्रमा पर्यटक घटे
Next Article लागूऔषधसहित एकजना पक्राउ
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?